२०७८ कार्तिक ९ मंगलवार

अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे ।

स्वास्थ्य : अमिल चरी बारीमा नै उम्रन्छ यो दिन दिनै प्रयोग गर्न सकिन्छ, सस्तोमा नै पाइन्छ । विभिन्न बिरुवाको बारेमा जानकारी राख्नेहरूले चरी अमिलोलाई पानीमा उमालेर मुखमा कुल्ला गर्दा मुखको घा’उ निको हुने बताउँछन् ।

युरोपतिर चरी अमिलोलाई सलादमा हालेर पनि खान्छन् । चरी अमिलोमा वाकवाक लाग्न कम गर्ने गुण पाइन्छ । डा. अरुणा उप्रेती: गिजाबाट रग’त आउने, घाउ–ख’टिरा भएर पाक्ने, दुख्ने र सु’निने भएमा चरी अमिलोको बोट सफा गरी चपाएर कुल्ला गर्नाले निको हुने बूढापाकाहरू बताउँछन् ।

यसलाई गाईवस्तुको लागि घाँसको रूपमा अन्य घाँससँग मिसाएर खुवाउने गरिन्छ, जसले गर्दा दूधको उत्पादन धेरै हुन्छ । चरी अमिलो सफा गरी चटनी वा अचार बनाई खाएमा दिसा सफा हन्छ ।अमिल चरीलाई पुदिनाजस्तै पिसेर गोलभेँडाको अचार बनाउन सकिन्छ ।

आयुर्वेदमा अमलालाई एक बहुउपयोगी फलको रुपमा उल्लेख गरिएको छ । यसको प्रयोग औषधि तथा खाद्यवस्तुको रूपमा गरिन्छ । धार्मिक दृष्टिकोणले यो पवित्र फल मानिन्छ ।

भगवान् विष्णुको मन पर्ने फलमा अमला पर्ने हुनाले विष्णुको पूजामा नैवेद्यको रूपमा पनि हिन्दूहरूले चढाउने गर्छन् ।
आफ्नो आँगनमा रहेको अमलाजस्ता औषधिलाई चिनेर प्रयोग गर्न सके कति राम्रो हुने थियो । प्रकृतिले हामीलाई समस्यासँगसँगै समाधान पनि दिएको छ ।

रोग र उपचार दुवै कुरा हाम्रा वरिपरि नै छन् । यस्ता औषधिको प्रयोग गर्नुको अर्थ आधुनिक ज्ञान र विज्ञानलाई बेवास्ता गर्नु होइन । आधुनिक ज्ञान र विज्ञानले पनि यी वनस्पतिको महत्व मानेको छ । स्वास्थ्य राम्रो राख्न परम्परागत र आधुनिक दुवै ज्ञानलाई प्रयोग गर्न सकिन्छ ।

२०७८ भाद्र २३, बुधबार १५:३३ गते 1 Minute 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार