२०७८ कार्तिक ११ बिहीबार

हार्दिक बधाई ! पाकिस्तानको राष्ट्रिय च्याम्पियनसिपमा नेपालकी सरु लिम्बुले गरिन् एकै खेलमा १० गोल ।

काठमाडौ : नेपालका चार महिला फुटबलर आबद्ध मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा सानदार जित हात पारेको छ।

मासाले मंगलबार भएको खेलमा सियालकोट सिटी महिला फुटबल क्लबलाई १९-० गोलले प,राजित गरेको छ।
मासाको जितमा नेपालकी सरु लिम्बु एक्लैले १० गोल गरेकी छिन्। सरुले खेलको १२, १८ र २५ मिनेटमा गोल गर्दै ह्या,ट्रिक गरिन्।

यस्तै सरुले ४०, ४२ र पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै पहिलो हाफमै ६ गोल गरेकी थिइन्। दोस्रो हाफमा पनि उत्कृष्ट लयमा देखिएकी उनले ५८, ६७, ८५ र ८८ मिनेटमा गरी थप चार गोल गरिन्।

यस्तै अनिता केसीले पनि ६ गोल गर्न सफल भइन्। अनिताले खेलको २९, ४९, ५३, ५८, ७२ र ७३ मिनेटमा गोल गरेकी थिइन्। यस्तै डिफेन्डर गिता रानाले ६३ मिनेटमा गोल गरेकी थिइन्।

टिममा राष्ट्रिय टिमकी पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्बापो पनि आब,द्ध छिन्। सन् २००५ देखि सुरु भएको पाकिस्तानको राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको २०२१ को संस्करण अप्रिल ३ सम्म हुनेछ।

प्रतियोगितामा २० टिम रहनेछन्। २० टिमलाई चार समूहमा विभाजन गरिएको छ। नेपाली खेलाडी आब,द्ध मासा समूह बीमा छ।

२०७७ फाल्गुन २५, मंगलवार २०:०४ गते 1 Minute 546 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार