२०७८ कार्तिक ९ मंगलवार

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बजाइयो ख’तराको घण्टी !

काठमाडौँ : अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र(आईएसएस)मा ख’तराको घण्टी बजाइएको छ । केन्द्रमा कार्यरत अन्तरिक्षयात्रीहरुले धुँवा र जलेको प्लाष्टिकको ग’न्ध थाहा पाए पछि ख’तराको घन्टी बजाइएको हो ।

केन्द्रको रुसी मोड्युल झ्भेज्दामा धुँवा र प्लाष्टिक जलेको ग’न्ध आएपछि घण्टी बजाइएको बीबीसीले रुसी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार लेखेको छ । सन् १९९८मा रुस, अमेरिका, क्यानेडा, जापान र युरेपेली मुलुकहरुले संयुक्त रुपमा आईएस एसको निर्माण गरेका छन्।

१५ वर्षका लागि भनेर निर्माण गरिएको यो अन्तरिक्ष केन्द्र पुरानो भएसँगै विभिन्न समस्याहरु देखा पर्दै आएका छन्। रुसी अधिकारीहरुले यस अघि नै केन्द्रमा हार्डवेयर र सिस्टममा समस्याहरू देखिने बताउँदै आएका थिए । केन्द्रमा केही समय हावा लिक हुने, इन्जिनको मिस फायरिङ र क्रयाक हुने समस्या देखिएको थियो ।

रुसी अन्तरिक्ष संस्था रोसकोसमसले अहिले उक्त समस्या समाधान भएको र सिस्टम पुनःसामान्य अवस्थामा फर्किएको जनाएको छ । प्लाष्टिक जलेको ग’न्धन रुसी भाग हुँदै अमेरिकी सेगमेन्टमा फैलने क्रममा थियो।

बेलैमा थाहा भएपछि सम’स्या समाधान गरिएको थियो । अन्तरिक्ष केन्द्रका ब्याट्रीहरु चार्ज गर्ने क्रममा धुँवाको गन्ध पहिचान गरिएको थियो । समस्या समाधान भएपछि केन्द्रमा रहेका अन्तरिक्षयात्रीहरुको क्रियू ‘नियमित तालिम’मा फर्किएको रोसकोसमसले जनाएको छ ।

गत सेप्टेम्बर १ मा रुसी सरकारी सञ्चारमाध्यमले आईएसएसमा उपकरण र हार्डवेयरमा सम’स्याहरू देखा पर्न सक्‍ने चेतावनी दिएको थियो । केन्द्र पुरानो हुँदै गएपछि रुसी सेगमेन्टमा ८० प्रतिशत ‘इन फ्लाइट सिस्टम’ म्याद नाघेको स्पेस कम्पनी इनर्जियाका प्रमुख इन्जिनियर सोलोभ्योबले त्यहाँको सरकारी मिडियालाई बताएका थिए ।

इनर्जियाले आईएसएसमा प्रयोग हुने रुसी मोड्युलहरु निर्माण गर्ने मुख्य निर्माणकर्ता हो । रोसकोसमसले गत वर्ष पनि आईएसएसको संरचना सन् २०३० पछि कामै नलाग्ने बताएको थियो । हाल अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा ७ जना अन्तरिक्ष यात्रीहरु कार्यरत छन् । तीमध्ये दुई जना रुसी,३ अमेरिकी,फ्रान्स र जापानका १/१ जना छन् ।

२०७८ भाद्र २६, शनिबार १६:२३ गते 0 Minutes 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार