२०७८ कार्तिक ९ मंगलवार

बधाई ! विष्णु माझीको ‘चरी जेलैमा’ को अर्को ठूलो कीर्तिमान , २६ दिनमै दुई करोड भ्यूज ।

काठमाडौं : विष्णु माझीको स्वरमा रहेको ‘चरी जेलैमा’ गीतले युट्यूवमा अर्को ठूलो कीर्तिमान कायम गरेको छ । एक महिनाभित्रै २ करोड भ्यूज पार गर्दै गीतले नयाँ कीर्तिमान राखेको हो ।

गत १८ अगष्टमा युट्यूवमा अपलोड गरिएको गीतले यसअघि छोटो समयमा १ करोड भ्यूजको रेकर्ड समेत राखेको थियो । १३ दिनमै १ करोड पुगेको भ्यूज थप १७ दिनमा दोब्बर भएको छ । यससँगै छोटो समय (२६ दिन) मा दुई करोड भ्यूज पाउने गीतको रकर्ड पनि यसले राखेको छ ।

यसअघि यो रेकर्ड अस्मिता अधिकारीले गाएको गीत ‘टाढा भएपनि’ को नाममा थियो । उक्त गीतले ३८ दिनमा दुई करोड भ्यूज क्रस गरेकोमा चरी जेलैमाले त्यसलाई ब्रेक गरेको हो । यस वर्षको तीजमा गाउँदेखि शहरसम्म यो गीतले एकछत्र आधिपत्य जमाएको थियो ।

अहिले पनि गीतले उत्तिकै आक्रमक भ्यूज बटुलिरहेको छ ।यसअघि विष्णु माझीले गाएको ‘सालको पात’ बोलको गीत उनको सर्वाधिक गीतका रुपमा रहेको थियो । उक्त गीतले अहिलेसम्म ७ करोडभन्दा बढी भ्यूज बटुलेको छ ।

चरी जेलैमाको अहिलको गति हेर्दा सालको पातको रेकर्ड ब्रेक गर्ने सम्भावना देखिएको छ । ‘चरी जेलैमा’ लाई विष्णुका श्रीमान सुन्दरमणि अधिकारीले लेखेका र संगीतवद्ध गरेका हुन् । यो गीत हिट भएसँगै विष्णुमाझीको सार्वजनिक जीवन पनि चर्चाको विषय बनिरहेको छ ।

२०७८ भाद्र २८, सोमबार १४:४९ गते 0 Minutes 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार