२०७८ आश्विन १ शुक्रबार

श्रमिक पठाउन कतारसँग जीटुजी सम्झौता भए कडा प्रतिकारमा उत्रने चे’तावनी !

काठमाडौ : नेपाल वैदेशिक रोजगार सङ्घले कतारमा श्रमिक पठाउने विषयमा सरकारी तहमै श्रमिक आदान’प्रदान (जीटुजी) सम्झौता भएमा कडा प्रतिकार गर्ने बताएका छन् ।

वैदेशिक रोजगार व्यवसायीले वर्षौंदेखि करोडौँ लगानी गरेको क्षेत्रमा सरकारले सरकारी तहमै श्रमिक आदानप्रदानको स’म्झौता गरेमा आफूूहरूलाई मान्य नुहुने बताएका छन् ।

सङ्घले मङ्गलबार विज्ञप्तिमार्फत श्रममन्त्री गौरीशङ्कर चौधरीले गएको आइतबार कतारसँग सम्झौ’ताको विषय भनेको भनाइप्रति आ’पत्ति जनाएको हो । सङ्घले सरकारले व्यवसाय गर्ने वातावरण बनाई दिनुपर्नेमा उल्टै आफैँ व्यवसाय गर्न खोज्नु

खे’दजनक भएको जनाएको छ । सरकारले दक्षिण कोरिया, इजरायललगायतका मुलुकमा श्रमिक पठाउँदा लाखौँ शुल्क लिने तर व्यवसायीलाई शून्य लागतमा श्रमिक पठाउनुपर्छ भन्ने गरेको

भन्दै सङ्घले कतारसँग जीटुजी सहमति भएमा सशक्त प्रतिवादमा उत्रिने चे’तावनी दिएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

२०७७ फाल्गुन २६, बुधबार ०९:३४ गते 1 Minute 744 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार