२०७८ कार्तिक ९ मंगलवार

अब ‘सक्किगोनी’ ओएसआर डिजिटलमा हेर्न नपाइने ।

काठमाडौं : दर्शकले चर्चित हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’को नयाँ श्रृंखला अब ओएसआर डिजिटलमा हेर्न नपाउने भएका छन् । निर्माण युनिट र ओएसआर डिजिटलबीचको सम्झौता

बुधबारबाट सकिएपछि ‘सक्किगोनी’को नयाँ श्रृंखला ओ एसआर डिजिटलबाट प्रसारण नहुने भएको श्रृंखलाका निर्देशक तथा कलाकार कुमार कट्टेलले जानकारी दिए । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको श्रृंखला टेलिभिजनपछि

ओएसआर डिजिटलबाट सार्वजनिक हुँदै आएको थियो । अब भने निर्माण युनिटको श्रृंखला उक्त युट्युव च्यानललाई नदिने भएको हो । ‘ओएसआर डिजिटलसँगको हाम्रो सम्झौता सकियो । त्यसैले दर्शकले अव हाम्रो श्रृंखला त्यो युट्युबमा हेर्न सक्नेछैनन् ।

निर्देशक अर्जुन घिमिरेले भने ‘अहिलेलाई दर्शकका लागि जेपिटी क्रियसनबाट ल्याउने छौँ।’ जेपिटी क्रियसन निर्माण युनिटको आफ्नै च्यानल रहेको उनले सुनाए ।
पछिल्लो समय निर्माण भएका श्रृंखलामध्ये हिट मानिएको
‘सक्किगोनी’मा टेलिशृंखलामा कुमार कट्टेल (जिग्री),रक्षा

श्रेष्ठ,अर्जुन घिमिरे (पाँडे),सागर लम्साल (बले), गोविन्द कोइराला (जइन्ते),हरि निरौला (कक्रोज),दिपक आचार्य,शंकर आचार्य लगायत कलाकार को देखिँदै आएका छन् । श्रृंखलाका निर्देशक तथा कलाकार मध्यका एक अर्जुन घिमिरे ‘पाँडे’भने आमाको उपचारमा सक्रिय रहेको कारण केही सातादेखि श्रृंखला अभिनय बाहिर रहँदै आएका छन् ।

२०७८ भाद्र ३१, बिहीबार ०८:३६ गते 0 Minutes 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार