शनिबार , जेठ २९, २०७८

प्रदेश २ का पाँच प्रदेशसभा सदस्यद्वारा माओवादी केन्द्र छाड्ने संकेत !

फागुण २६, २०७७ बुधबार 182

जनकपुर : प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका करिब आधा दर्जन प्रदेशसभा सदस्यहरुले पार्टी परि’त्याग गरि नेकपा एमालेमा जाने मनस्थिति बनाएका छन् ।

सर्वोच्च अदालतले नेकपा खारे’जी गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँता’एसँगै माओवादी केन्द्रका ५ जना प्रदेशसभा सदस्यहरु एमालेमा जाने तयारीमा लागेको एक प्रदेशसभा सदस्यले बताए ।

प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन कुश’वाहा, दिलिप साह र मोहम्मद समिर माओवादी केन्द्र परि’त्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्न लागेको नेकपा एमाले स्रो’तले जनाएको छ ।

यस सम्बन्धमा नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र मण्डलले यो छलफलको विषयवस्तु रहेकोले यसमा अहिले नै केही भन्नु उचित नरहेको बताए । आफू लगायत पार्टीका नेताहरु ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मो’हम्मद समीरसँग छलफल हुने क्रम जारी नै रहेको बताए ।

उनले भने, ‘राजनीति एकल विचारबाट गर्ने कुरा नभएकाले हामी सबैजना मिलेर सामूहिक नि’र्णय गरेका थियाँै । माओवादी केन्द्रमै रहने की छोड्ने भन्ने सवालमा हामीहरू एकजुट भएर छलफल गरेपछि निष्क’र्ष निकाल्छौं ।’

प्रतिकृया दिनुहोस्