२०७८ कार्तिक ८ सोमबार

एमसीसीबारे निर्मल शर्मा- बरु कालो चिया खाइन्छ, तर दुध दिन्छ भन्दैमा लात्ता चाँही खाइन्न !

काठमाडौँ : पछिल्लो समय अमेरिकन सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन ‘एमसीसी’ बारे राजनीतिक दल देखि सर्बसाधरणहरुले आ-आफ्नो तर्क गरिरहेका छन ।

न्यून संख्याले यसलाई पास गर्नुपर्छ भनिरहेका छन तर खुलेरै बोल्न सकिरहेका छैनन् भने धेरै संख्याले खारेज गर्नुपर्छ भन्ने आफ्नो मत राखिरहेका छैनन सडक आन्दोलनमै उत्रिएका छन ।

यस्तै स्वतन्त्र मत राख्न अधिकार कलाकारहरुले पनि प्रयोग गर्न थालेका छन । केही दिन अघि मात्र महानायक राजेश हमालले एमसीसीबारे धेरै नेपाली जनताहरुले बिरोध गरिरहेकाले सरकार त्यसप्रति संबेदनशील हुन आवश्यक गरेको बताएका थिए ।

कलाकार निर्माता एवं निर्देशक निर्मल शर्माले जनताको भावनालाई कदर गर्दै एमसीसी तत्कार खारेज गर्न माग राखेका छन । उनले भिडियो मार्फत आग्रह गरेका हुन ।

उनी भन्छन, यो विशाल देश नेपाल राजनीतिक दलका नेताहरुको मात्र होइन र हामी ३ करोड भन्दा धेरै नेपालीहरुको पनि हो, त्यस कारण फाइदा बेफाइदा राम्रो नराम्रोपछि थियो होला, त्यो पछि देखाजाएगा तर अहिले मनोभावना र जनभावनाको कदर गर्दै यो एमसीसीलाई तत्कालै खारेज गरियोस जय नेपाल ।

उनी सामाजिक संञ्जाल फेसबुकमा लेख्छन, बरु कालो चियाँ खाइन्छ, तर दुध दिन्छ भन्दैमा ताल चाँही खाइन्न ।
एमसीसी उपाध्यक्ष फतिमा सुमार सहितको टोली ४ दिनको नेपाल भ्रमण गरेपछि स्वादेश फर्किसकेका छन ।

एमसीसी उपाध्यक्ष फतिमा सुमारसंगको भेटर्वार्ताको क्रममा प्रचण्ड र माधब नेपालले एमसीसी संशोधन गरेर मात्र पास गर्न सकिने बताएका थिए भने डा. बाबुराम भट्टराई, शेर बहादुर देउवा र केपी शर्मा ओली लगायत केही शिर्ष नेताहरुले राष्ट्रिय सहमति गरेर पास गर्नुपर्ने धारणा राखेका थिए ।

२०७८ आश्विन १, शुक्रबार १६:१६ गते 1 Minute 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार