२०७८ कार्तिक ९ मंगलवार

एन्जिलाले क्लबको कप्तानी गर्ने !

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले पाकिस्तानी लिगमा मासा युनाईटेडको कप्तानी गर्ने भएकी छिन् ।

मासा युनाईटेडले सोमबार एन्जिलालाई कप्तानी दिने निर्णय गरेको हो । आज भएको कार्यक्रममा मलाई टोलीको कप्तानी दिने निर्णय भएको छ । टोलीको नेतृत्व गर्न तयार छु । भर्खरै बनेको टोली रहेछ ।

राम्रो नतिजा दिने प्रयास गर्छौ,’ पाकिस्तानमा रहेकी एन्जिलाले खेलपाटीसँग भनिन् । पाकिस्तानी लिगका लागि गत शुक्रबार एन्जिलासहित चार नेपाली खेलाडी पाकिस्तान गएका थिए ।

पाकिस्तानको घरेलु लिग ‘राष्ट्रिय महिला वुमेन्स फुटबल च्याम्पियनसिप’ मा एन्जिलासँगै गिता राना, अनिता केसी र सरु लिम्बुले मासा युनाईटेडबाट खेल्ने छिन् ।

चारै खेलाडीले भर्खरै सम्पन्न राष्ट्रिय महिला लिगमा एपीएफलाई अपराजित राख्दै उपाधि दिलाएका थिए ।

गोलरक्षक एन्जिला, डिफेन्डर गिता, मिडफिल्डर सरु र स्ट्राइकर अनिताले पहिलो पटक विदेशमा पुगेर प्रतियोगिता खेल्न लागेका हुन् ।

यस अघि स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेलेका थिए ।

सावित्रा र अनिता पछि महिला टोलीमा विदेशी क्लबको प्रतिनिधित्व गर्ने यी चार खेलाडी भएका छन् । चारै खेलाडी पाकिस्तानी घरेलु प्रतियोगिता खेल्ने पहिलो खेलाडी समेत हुनेछन् । -खेलपाटि

२०७७ फाल्गुन २७, बिहीबार ०६:०३ गते 1 Minute 780 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार