२०७८ आश्विन ५ मंगलवार

बधाई ! हजारौं भारतिय खेलाडीलाई पछि पार्दै किरण चेम्जोङ बने आई लिगको ‘प्लेयर अफ द मन्थ’ ।

एजेन्सी : नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङ भारतमा जारी हिरो आई लिग ‘प्लेयर अफ द मन्थ’ घोषित भएका छन् ।

उनी टिम अफ द मन्थमा पनि पर्न सफल भएका छन् । राउन्डग्लास पञ्जाबबाट आई लिग खेलिरहेका उनी फेब्रुअरी महिनाका लागि ‘प्लेयर अफ द मन्थ’ चुनिएका हुन् ।

नियमित कप्तान विक्रमजित सिंहको अनुपस्थितिमा केही खेलमा टिमको कप्तानीसमेत सम्हालेका किरणले पहिलो चरणमा १० खेल खेल्दा ६ खेलमा क्लिनसिट राख्न सफल भएका थिए । किरणले समाजिक सञ्जालमार्फत यो आफ्नो खेल जीवनको अर्को एक महत्वपूर्ण उपलब्धि रहेको बताउँदै यसका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद पनि दिएका छन् ।

अस्ट्रेलियाको शानदार जित, सिरिजको छिनोफानो आइतबार हुने !

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५० रनले पराजित गर्दै अस्ट्रेलियाले सिरिजमा दुई–दुई को बराबरी गरेको हो ।

१ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १८.५ ओभरमा १ सय ६ रन बनाएर अलआउट हुँदा अस्ट्रेलियाले शानदार जित हात पारेको हो । न्यूजिल्याण्डका लागि केल जेमिसनले ३०, टीम सेफर्टले १९ तथा डेभन केन्वेलले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका केन रिचर्डससनले ३ तथा ग्लेन म्याक्सवेल, एडम जाम्पा र एस्टन अगरले समान २–२ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका लागि कप्नान एरोन फिन्चले ७९ रनको अर्धशतकीय पारी खेले ।

यसका अलावा मार्कस स्टोयनिस १९, ग्लेन म्याक्सवेल १८, म्याथू वेड १४, जोस फिलिप्सले १३ रन जोडे । न्यूजिल्याण्डका इस सोधिले तीन तथा ट्रेन बोल्टले दुई विकेट लिए ।

पाँच खेलको सिरिजमा न्यूजिल्याण्ड र अस्ट्रेलियाले समान दुई–दुई जित निकालेका छन् । सिरिजको छिनोफानो आइतबार हुने खेलले गर्नेछ । सिरिजको पाँचौं तथा अन्तिम ट्वान्टी–ट्वान्टी खेल नेपाली समय अनुसार आइतबार बिहान पौने पाँच बजेबाट सुरु हुनेछ ।

२०७७ फाल्गुन २७, बिहीबार ०६:३३ गते 0 Minutes 587 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार