२०७८ कार्तिक ८ सोमबार

सर्वोच्चले अन्त’रिम आदेश दिएन, कुलमान घिसिङलाई काम गर्ने बाटो खुल्यो ।

काठमाडौ : सर्वोच्च अ’दालतले नेपाल विद्युत प्राधि’करणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ वि’रुद्ध हितेन्द्रदेव शाक्यले दा’यर गरेको रिटमा अन्त’रिम आदेश जारी नहुने निर्णय सुनाएको छ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इज’लासले कारण’देखाउ आदेश जारी गर्दै अन्तरिम दिन अस्वी’कार गरेको हो। कुलमानसिहत विपक्षीहरुलाई लिखित जावफ लिएर अर्को पेसीमा उपस्थित हुन भनिएको छ।

प्रधानन्यायाधीशकै इजलासमा भएको सुनुवा’इमा कुलमानलाई नियुक्ति गर्दाको मिसिल झिकाउने यसअघि आदेश गरेको थियो।
त्यस्तै शाक्यलाई विद्युत विकास निगममा लैजा’न गरिएको निर्णयको प्रति पनि झि’काउने आदेश गरेको थियो।

शाक्य आफूलाई हटाएर प्राधि’करणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्ण’यलाई चु’नौती दिँदै अदा’लत पुगेका हुन्। शाक्यले साउन ३२ गते वारे’समार्फत नियु’क्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रि’ट दा’यर गरेका थिए।

सरकारले शाक्यको स्थानमा कुलमानलाई नियुक्त गर्नु गैर’कानुनी भएको उनको जि’किर छ। शाक्यले आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै सरकारले बिचमै हटाउन नसक्ने र आफूलाई अन्य’त्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने जि’किर रिटमा गरेका छन्।

२०७८ आश्विन ५, मंगलवार १६:५० गते 1 Minute 140 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार