२०७८ कार्तिक ८ सोमबार

बधाई ! सन्दीपले रचे इतिहास, पछि परे विश्वका नम्बर वान बलर ।

काठमाडौं : नेपाली क्रिकेट टिमका स्टार लेगस्पिनर सन्दीप लामिछानेले नयाँ उपलब्धि हासिल गरेका छन्। आईसीसी विश्वकप लिग–२ अन्तर्गत आइतबार ओमानविरुद्ध ४ विकेट लिएसँगै सन्दीपले नयाँ उपलब्धि हासिल गरेका हुन्।

उनी एकदिवसीय अन्तर्राट्रिय क्रिकेट २०२१ मा सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा उक्लिएका छन्। उनले २०२१ को ६ म्याचको ५ इनिङ्समा ४१.५ ओभर ३.१७ को इकनोमी रेटमा १ सय ३३ रन खर्चिएर ५ मेडनसहित १८ विकेट लिएका छन्।

उनी केही दिन अघि मात्रै पहिलो पटक आईसीसीको वानडे वरियतामा परेका थिए। सन्दीपले टी–२० अन्तर्राट्रियका नम्बर वान बलर तबरेज शम्सीलाईसमेत पछि पारेका छन्। शम्सी यो सूचीको दशौँ स्थानमा रहेका छन्।

यस सूचीको शीर्ष स्थानमा श्रीलंकाका दुशमन्था चमिरा रहेका छन्। उनले २०२१ को १४ म्याचको १३ पारी खेल्ने क्रममा १०६.२ ओभर बलिङ गरेर ५.५१ को इकनोमी रेटमा ५ सय ८६ रन खर्चिएरर ४ मेडनसहित २० विकेट लिएका छन्।

त्यस्तै, दोस्रो स्थानमा आयरल्याण्डका सिमी सिंह रहेका छन्। उनले २०२१ को १३ म्याचको ११ पारीमा १०४.१ ओभर बलिङ गर्दै ३.६७ को इकोनोमी रेटमा ३ सय ८३ रन दिएर १५ मेडनसहित १९ विकेट लिएका छन्।

यो सूचीको चौथो र पाँचौं स्थानमा बंग्लादेशका स्टार बलर मुस्तफिजुर रहमान र शाकिब अल हसन रहेका छन्। मुस्तफिजुर १८ विकेटसहित चौथो र शाकिब १७ विकेटको साथ पाँचौं स्थानमा रहेका छन्।

त्यस्तै, आयरल्याण्डका जोश लिटल १७ विकेटसहित छैैटौं, १६ विकेटसहित आयरल्याण्डकै एन्डी म्याकब्रिने सातौंमा र मेहेदी हसन मिराज, अकिल हुसेन र तबरेज शम्सी क्रमशः आठौँ नवौँ र दशौँ स्थानमा रहेका छन्।

२०७८ आश्विन ५, मंगलवार २०:२६ गते 0 Minutes 258 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार