२०७८ कार्तिक १ सोमबार

खुलेरै ओली तिर लागे जसपाका यी २२ नेता, अब यसरी बन्दै छ ओलीकै नेतृ’त्वमा नयाँ सरकार !

काठमान्डौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार पेरिसडाँडामा जनता समाजवादी पार्टी जसपा का अध्यक्ष महन्थ ठाकुर र व’रिष्ठ नेता राजेन्द्र महतोसँग करिब एक घण्टा छलफल गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संसद पुनर्स्थापनाको पक्षमा आन्दोलनरत दलहरूले मिलेर सरकार बनाउनुपर्नेमा जोड दिएका थिए । प्रतिउत्तरमा आफूहरूका लागि त्यो भन्दा पनि संविधान संशोधन, सांसद रेशम चौधरीलगायतको रिहाइ मह’त्वपूर्ण रहेको जसपा वरिष्ठ नेता महतो बताउँछन् ।

सरकारमा जाने विषयमा विवाद नभए पनि कसलाई समर्थन गर्ने भन्ने विषयमा मतभेद रहेको जसपाका नेताहरू बताउँछन् । मंगलबार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँ’ताएको बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवा’र्ता गरेको जानकारी दिएका थिए ।

ठाकुरले सत्ता गठबन्धनसँग वार्ता गर्न लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जिम्मेवारी दिएको बताएपछि संसदीय दल बैठकको माहोल फेरिएको थियो ।

खासगरी संसद वि’घटनको विरोधमा आन्दो’लन गर्न लबिङ गरेको पक्षले कुनै पनि हालतमा ओलीसँग सत्ता सा’झेदारी गर्न नहुनेमा जोड दिएका थिए ।

राजपा ओली पक्षमा

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्या’देश ल्याएपछि गत वैशाखमा राष्ट्रिय जनता पार्टी ९राजपा० र समाजवादी पार्टी सपा बीच एकीकरण भएर जनता समाजवादी पार्टी जसपा बन्यो ।

एकता प्र’क्रिया बाँकी रहेको जसपाका नेताहरू कसलाई समर्थन गर्ने भन्नेमा विभा’जित देखिएका छन् । ‘जसपा फु’टेर वा जुटेर हाम्रो पक्षमा आउँछ’ प्रधानमन्त्री ओली नि’कट एक नेता भन्छन्, ‘सिंगो जसपा आएन भने पनि कम्तीमा २२ जना हामीसँग आउने निश्चित जस्तै छ ।

साविक राजपाका नेताहरू ओलीको पक्षमा र सपाका नेताहरू विप’क्षमा देखिएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव भन्छन्, ‘संसद विघटन विरु’द्धमा देशव्यापी आ’न्दोलन गरेको पार्टीले कुन नैति|कताले ओलीजीलाई समर्थन गर्न सक्छ भन्नुस् त रु’

साविकको सपाका अध्यक्ष रहेका यादव संसद पुन:र्स्थापना पक्षधरहरूको मो’र्चा बन्नुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, ‘हाम्रो पार्टीमा कसैले पनि ओलीजीलाई समर्थन गर्नुपर्छ भन्नुहुन्छ जस्तो मलाई लाग्दैन ।’

५ पुसमा प्रधानमन्त्री ओलीले गरेको संसद वि’घटनको वि’रोधमा आ’न्दोलन गर्ने कि नगर्ने भन्नेमा पनि जसपामा दुई धार देखिएको थियो । अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलगायतकै द’बावमा जसपाले वि’घटनको विरो’ध गर्ने नि’र्णय गरेको थियो ।

अहिले पनि झण्डै त्यही अवस्था दोहो’रिएको नेताहरू बताउँछन् । राजपा व’रिष्ठ उपाध्यक्ष रहिसकेका जसपा नेता वृ’षेशचन्द्र लाल संसद वि’घटन भन्दा पनि मधेशको मु’द्दालाई जोड दिनुपर्ने बताउँछन् ।

‘संविधान संशोधन र रेशम चौधरी लगायतमाथिको झुठ्ठा मुद्दा फिर्ता हाम्रो पहिलो शर्त हो’ उनी भन्छन्, ‘मधेशको विषयमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुनै अन्तर छैन ।’

नेताहरूले अनौपचारिक भेटघाट सुरु गरे पनि पार्टीमा औ’पचारिक छलफल भएको छैन । मंगलबार संसदीय दलको बैठकमा धा’रणा राख्ने अधिकांश नेताहरूले आफ्नो मु’द्दा सम्बोधन नभएसम्म सरकारमा जान नहुने बताएका थिए ।

नेता लाल भन्छन्, ‘जसले हाताहाती हाम्रो माग पूरा गर्छ, त्यही पक्षलाई समर्थन गर्छौं, त्यसपछि मात्रै आफैं सरकारमा सहभागी हुने नहुने विषयमा निर्णय हुन्छ ।’

राजपाका कतिपय नेताहरू ओलीलाई समर्थन गरेर जाँदा नै आफ्नो माग पूरा हुने तर्क गर्छन् । यसअघि नेपाली कांग्रेस र माओवादीलाई भोट दिँदा पनि एमालेलगायतका साना दलको असहयोगले गर्दा संविधान संशोधन हुन सकेको थिएन ।

‘कांग्रेस र माओवादी केन्द्र पहिलादेखि नै संविधान संशोधनको पक्षमा थिए, उनीहरूले प्रस्ताव नै ल्याए पनि ओलीको साथ नपाउने पक्का छ’ साविक राजपाका एक नेता भन्छन्, ‘तर ओलीलाई संशोधन प्रस्ताव लैजान सहमत गराउने हो भने कांग्रेस र माओवादी केन्द्रको साथ पाउने आशा गर्न सकिन्छ ।’

जसपाका २२ सांसदको ओलीलाई साथ

२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि संघीय संसदमा कुनै पनि दलको बहुमत पुग्दैन । सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिने हो भने ओली सरकार अल्प’मतमा पर्छ ।

प्रतिनिधिसभामा एमालेका १२१ सांसद छन् । बहुमतका लागि ओलीलाई थप १७ सांसदको साथ चाहिन्छ । ३२ सिट भएको जसपाको साथ पाउने हो भने कांग्रेस र माओवादी केन्द्रको समर्थनविनै बहुमतका लागि आवश्यक १३८ सिट सजिलै पुग्छ ।

‘जसपा फुटेर वा जुटेर हाम्रो पक्षमा आउँछ’ प्रधानमन्त्री ओली निकट एक नेता भन्छन्, ‘सिंगो जसपा आएन भने पनि कम्तीमा २२ जना हामीसँग आउने निश्चित जस्तै छ ।’

२०७७ फाल्गुन २७, बिहीबार २३:०२ गते 1 Minute 592 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार