२०७८ माघ ९ आईतवार

रातभर मेथी भिजाएर त्यसको पानी खाँदा यति धेरै फाइदाजनक ।

काठमाडौ : दैनिक रुपमा मेथीलाई तरकारी पकाउँदा तेलमा फुलाएर सेवन गर्ने बानी धेरैको हुन्छ । तर मेथीलाई पानीमा भिजाएर सेवन गर्ने बारेमा धेरैलाई जानकारी छैन् ।

मेथीको फाइदाको बारेमा थाहा भएपनि मेथि भिजाएको पानीको फाइदाको बारेमा थाहा नभएर हाम्रो समाजमा मेथीलाई भिजाएर पानी सेवन गर्ने चलन छैन् । कस्ता छन् त मेथी भिजाएको पानी सेवन गर्नुको फाइहरु ।

१. कोलस्टोरको कम गर्नको लागी रातको समयमा मेथि भिजाएको पानी सेवन गर्नु एक उपयोगी र साइड इफेक्ट नगर्ने औषधी हो ।

२.क्यान्सर रोगीबाट सरक्षित रहनको लागी मेथीको पानीले सघाउँछ ।

३. अनुहारलाई सफा, सुन्दर बनाउनको लागी र कपालको सुरक्षा गर्नमा पनि मेथिले मद्दत गर्दछ । ४. जार्नीको दखाईबाट बच्नको लागी मेथीको पानी एक अचुक औषधीनै हो । तपाई
दुखाइबाट राहत पाउन चाहनुहुन्छ भने मेथी भिजाएको पानी बिहानको समयमा नियमित रुपमा सेवन गर्नुहोस् । यसको साथमा चिसोयाममा मेथीको लड्डु सेवन गर्नाले धेरै फाइदा हुन्छ ।

५.उच्च रक्तचापको समस्या भएकाले मेथीपानी धेरै नै उपयोगी हुन्छ । यसले रक्तचाप नियन्त्रण गरी यस सम्बन्धी अन्य समस्याहरुलाई पनि समाधान गर्न मद्दत गर्दछ ।

६ .सुगरका बिरामीलाई लागी मेथि भिजाएको पानी एकदमै राम्रो औषधी हो । नियमित रुपमा मेथीपानी सेवन गर्नाले सुगरको लेवल कम हुन्छ ।

७. नियमित रुपमा मेथी भिजाएको पानी सेवन गर्नाले तौल नियन्त्रण भई शरीर आर्कषक पनि देखिन्छ । सेवन गर्ने तरिका मेथीलाई रातको समयमा पानीमा भिजाएर बिहानको समयमा खाली पेटमा पिउनुपर्दछ ।-बिगुल न्युज बाट

२०७७ चैत्र १९, बिहीबार ११:१० गते 1 Minute 3109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार