
काठमाडौ : अदुवाको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। नेपालमा सल्यानको अदुवा सबैभन्दा उ’त्कृष्ट मानिन्छ। अदुवाले मानव शरीरमा रोग प्रति’रक्षात्मक क्षमता वृ’द्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ।
जानिराखौँ अनुवाका फाइदाहरु
दम खोकीमा
एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहान, वेलुका मनतातो हुने गरी तताएर खाने गरेमा खोकि ठिक हुन्छ।
चिसोको बाथ र क’म्मर दु’खेमा
आधा चम्चा सूठोको धूलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकता अनुसार नुन वा चिनी हालेर विहान काडा पिउने गरेमा ठिक हुन्छ।
उल्टी
अदुवा र प्याजको रस समान मात्रामा मिलाएर ३-३ घण्टाको अन्तरमा १-१ चम्चा लिनाले अथवा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टिहुन तथा जिउमा असजिलोहुन बन्द हुन्छ।
हृदयरोग
अदुवाको रस पानीमा बरावरी गरी मिलाएर पिउनाले हृदयरोगमा फाइदा हुन्छ। अदुवाको सेवनबाट मु’टु मजबुत हु्न्छ।
मंदाग्नि
अदुवाको रसमा कागती र सिधेनुन मिलाएर सेवन गरेमा जठराग्नि ती’व्र हुन्छ। भोक जाग्दछ।
उदरशूल
५ ग्रा’म अदुवा, ५ ग्राम पुदीनोको रसमा थोरै सिधेनुन हालेर पिएमा उदरशूल हुँदैन।
शीतज्वर
अदुवा र पुदिनाको काढा बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रने हुन्छ। शीतज्वरमा यो फाइदाजनक हुन्छ।
पेटको ग्यास
आधा-चम्मच अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा पेटमा ग्या’सको समस्या रहन्न।
रुघा-खोकी
२० ग्राम अदुवाको रसमा २ चम्मच मह विहान वेलुका लिएमा फाइदा गर्दछ । वात(कफ प्रकृ’तिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ ।
खोकी र सासको रोग
अदुवा र तुलसीको रसमा मह मिलाएर लिन सकिन्छ।
भोक नलागेमा वा पेट सफा नभएमा
भोक नलागेमा अदुवाको बारीक मा नुन मिलाएर आठ दिन सम्म दिनमा एक पटक खाने गरेमा पेट सफा हुन्छ। पेट सफा भएका कारण भोक जाग्ने समेत गर्दछ। -ईन्टरनेट खबर
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।