२०७८ माघ ९ आईतवार

फास्ट ट्रयाकको ठेक्का रद्द भएपछि प्रधानमन्त्री ओली रिसाए !

काठमाडौं : गत विहीबार संसदीय समितिले नेपाली सेनालाई छलफलका लागि बोलाएर फास्ट ट्रयाकको ठेक्का रद्द गर्न निर्देशन दियो ।

सेनाले लगाएको सो ठे’क्काबारे समितिमा नेपाली सेनाका अधिकृत र सांसदहरुबीच गर्मागर्मी बहस भयो । तर, समितिले ठेक्का रद्द गर्न निर्देशन दिएको तीन दिन नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिमाथि खनिएका छन् ।

मिनी संसद मानिने संसदीय समितिहरुलाई प्रधानमन्त्री ओलीले विकासका कामहरु अव’रुद्ध नगर्न सचेत गराए । शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘अ’न्धाधुन्द ढंगले एउटा समितिले पनि बोलाएको छ, छानविन गया छ, अर्काले पनि आदेश गरेको छ, अर्कोले पनि आदेश गरेको छ,

त्यसैमा अनेक समितिले छानविन गर्छ, अनेक समितिले बोलाउँछ, काम हुनुभन्दा पहिले नै अनेक समितिले आदेश दिन्छ । यो तरिकालाई पनि हामीले आफ्ना क्षेत्राधिकार र आफ्ना कामको असरजस्ता पक्षहरुलाई पनि ग’म्भीरतापूर्वक हामीले ध्यान दिनुपर्छ ।’

यो पनि
सेनालाई औँला ठ’ड्याउँदै लेखा समिति सभापतिले भने– गलत ब्रिफिङ नगर्नुस् ! प्रधानमन्त्री ओलीले अगाडि भने, ‘हामी पुल नबनाऊ भनेर आदेश त दिन्छौं, त्यसको असर के हुन्छ ? अर्थ’तन्त्रमा असर के हुन्छ ? यदि त्यहाँ अनि’यमितता भएको छ

भने त्यस्तो लाग्छ समितिलाई भने, त्यो छानविन भएको छैन, त्यस्तो लाग्छ भने सम्बन्धित ठाउँलाई त्यसमा हेर्नू भनेर लेख्दिए हुन्छ । तर, काम रो’क्नेजस्तो कुरा, अर्बौंको एउटा आयोजना, अझ केही खर्बको आयोजना रोकेर फेरि गर्दा त्यसले पार्ने असर र परि’णाामहरु हेर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले विकासका काममा कुनै प्रतिकूल असर पर्न दिन नहुने बताउँदै भने, ‘चाहे हामी रोक्ने आदेश दिऔं, चाहे स्थगन आदेश दिऔं, राज्यका अधि’कारप्राप्त निकायले पनि स्थगन आदेश दिने, तर ती स्थगन आदेशले गर्दा रोकिएको कुरा त्यसको असर के छ र त्यो स्थगन आदेश दिने हो भने

त्यसको सकेसम्म छिटो नि’रुपण गर्ने सकेसम्म विकास निर्माणका काम चालु राखेर छा’नविन गर्ने जस्ता कुराहरु हुनुपर्ने तिर म सबैको ध्या’नाकर्षण गराउन चाहन्छु ।’

विकास सरकारको मात्रै सरोकारको विषय नभएर राज्यका सबै अंग, सबै निकाय, सबै तह र सबै संघसंस्थाको साझा सरोकारको विषय हो भन्दै प्रधानमन्त्री ओलीले थपे, ‘एकपल्ट रोकिएपछि त्यो कति समयसम्म रोकिइरहन्छ, फेरि काम गर्ने मान्छेहरुमा पनि उत्साह हुँदैन ।

अनि यस्तै कुराहरुले लम्बिँदै आयोजनाहरु गए भने त्यसप्रति मान्छेहरुको विश्वास हराउँदै जान्छ ।’ विकास निर्माणप्रति अत्यन्त जि’म्मेवारीपूर्ण ढंगले सोच्नुपर्ने र त्यसलाई अगाडि बढ्ने कुरामा व्यवधान नपुग्ने गरी कदम चाल्नुपर्ने बताउँदै

प्रधानमन्त्रीले भने, ‘बीचमा छान’विन गर्नुपर्छ भने छान’विन हुँदै गर्छ, काम पनि हुँदै गर्छ । दो’षी कोही पाइयो भने दोषअनुसारको दण्डको भागी हुन्छ । तर, विकास निर्माणको काममा अवरोध भयो भने स्वाभा’विकरुपमा बहुआयामिक क्षति पु¥याउँछ । -रातो पाटी

२०७७ चैत्र २२, आईतवार १०:५८ गते 1 Minute 973 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार