
काठमाडौं : पेट्रोलियम पदार्थमा भएको मूल्यवृ’द्धिको वि’रोध गर्दै एमालेको खनाल–नेपाल पक्ष विद्यार्थी संगठन अने’रास्ववियुले आयल निगम घेरा’उ गरेको छ ।
विद्यार्थीहरुले बबरमहलस्थित नेपाल नेपाल आयल निगमको कार्यालय अगाडी प्ले-कार्ड बोकेर वि’रोध प्रद’र्शन गरेका हुन् । उनीहरुले मूल्यवृ’द्धि फिर्ता लिन माग गरेका छन्।
अनेरास्ववियुले मूल्यवृ’द्धि फिर्ता लिन माग गर्दै निगममा ज्ञापन पत्र समेत बुझाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृ’द्धिले आम सर्वसाधारणको ढाड सेकिएको भन्दै तत्काल मूल्यवृ’द्धि फिर्ता लिन माग गरिएको र फिर्ता नभए कडा
आ’न्दोलन गर्ने चेताव’नी अनेरास्व’वियुले जनाएको छ ।
आयल निगमका निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तराष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थमा
मूल्यवृ’द्धि भएकाले नेपालमा पनि भाउ बढेको र बिद्यार्थीको मागका बारेमा छलफल गर्ने आश्वासन दिनुभयो । नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पुनः पेट्रो’लियम पदार्थको मूल्य बढाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रो’लको खु’द्रा बि’क्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।