
काठमाडौं : नेपालमा भारतीय पर्यटकको संख्या बढेको देखिएको छ । तर, तिनीहरू नेपालमा भ्रमण गर्नका लागि आएका भने होइनन् ।
उनीहरू काठमाडौंका होटेलहरूमा क्वा’रेन्टाइन बस्नका लागि आएका हुन् । होटेल व्यवसायीहरूका अनुसार भारतीय नेपालका होटेलमा क्वारेन्टा’इनमा बस्न आउने गरेका छन् । भारतीयहरू खाडी तथा अन्य मुलुकमा काम गर्न जान
भारतबाट काठमाडौं आउने गरेका छन् । यहाँ क्वारे’न्टाइन बसेपछि काम गर्न जाने मुलुकमा क्वारे’न्टाइन बस्नु नपर्ने भएकाले भारतीयहरू काठमाडौंका होटेलमा क्वा’रेन्टाइन बस्न थालेका हुन् ।
होटेल एशोसि’एशन नेपाल (हान)का महासचिव साजन शाक्यका अनुसार विगत केही सातादेखि दैनिक ५०० देखि ६०० सम्म भारतीय नागरिक क्वारे’न्टाइन बस्नकै लागि काठमाडौंमा आउने गरेका छन् ।
यसले गर्दा पनि काठमाडौंका होटेलहरूको गतिविधि च’लायमान बनाउन केही मात्रामा भए पनि टेवा पुगेको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।