२०७८ माघ ९ आईतवार

होसियार ! कतार प्रहरीका लागि कुनै माग आएको छैन ।

काठमाडौं : वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भनेर ठ’गी हुन सक्नेप्रति आम युवालाई सचेत गराएको छ ।
विभागले सोमबार विज्ञप्तिमार्फत कतार प्रहरीका लागि

कतारस्थित नेपाली दूतावासबाट कुनै मागपत्र प्र’माणीकरण भएर नआएको भन्दै सम्भावित ठ’गीबाट बच्न सूचित गरेको हो ।कतार प्रहरीमा सुरक्षाकर्मीमा पठाउने भन्दै युवासँग राहदानी लिने, अवैध अन्तर्वार्ता लिने जस्ता काम भएको भन्दै उ’जुरी

विभागमा आएकाले यस विषयमा सचेत हुन विभागले विज्ञप्तिमार्फत आ’ग्रह गरेको छ । कतार प्र’हरीका लागि विभागबाट हाल कुनै पनि पूर्वस्वी’कृति प्रदान गर्ने कार्य नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभागका अनुसार कतार प्रहरीमा पठाइदिने भन्दै राहदानीलगायतका कागजात सङ्कलन गर्ने, अन्त’र्वार्ता लिने तथा रकम माग गर्नेलगायतका अवैध काम भइरहेको भन्ने गुनासो प्राप्त भइरहेको छ ।

कुन देशबाट कुन कामका लागि कति माग आएको छ भन्ने विषयमा विभागको वेबसाइटबाट हेर्न र यकिन गर्न सकिने भन्दै आधिकारिकता परीक्षण गरेर मात्र वैदेशिक रोजगारको प्रक्रियामा संलग्न हुन विभागले विज्ञप्तिमार्फत आ’ग्रह गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

२०७७ चैत्र २५, बुधबार ०५:२४ गते 1 Minute 431 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार