
काठमाडौं : सुन्धारामा निर्माणाधिन २२ तल्ले धरहरा लगभग ठडिएको छ । २०७२ बैशाखमा आएको भुकम्पले भत्काएको धरहरा त्यसको केही वर्षपछि पुनर्निर्माण शुरु गरिएको थियो ।
अहिले धरहराको निर्माण चरण अन्तिम अवस्थामा पुगेको छ ।
धरहरामा राखिने गजुरको काम पनि सकिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । तामाको गजुरमा सुनले जलप लगाइनेछ ।
सो गजुर अहिले छाउनीमा रहेको र १२६ तोला सुन जलप गर्न बाँकी रहेको छ । प्राधिकरणका विज्ञ इन्जिनियर राजुमान मानन्धरका अनुसार प्राधिकरणबाट सुन उपलब्ध गराएको सात दिनभित्र जलप लगाउने काम सम्पन्न हुनेछ ।
प्राधिकरणका अनुसार धरहरामा चढ्नका लागि दुई वटा लिफ्ट र एउटा भ¥याङको प्रयोग हुनेछ । धरहराको २० औं तल्लासम्म लिफ्ट जानेछ ।
माथिल्लो बेसमा सीसाको बार राखिएको र त्यहाबाट एक पटकमा ७० जनाले अवलोकन गर्न मिल्नेछ । धरहराको औपचारिक उद्घाटन भने बैशाखको दोस्रो साता गरिने तयारी गरिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।