२०७८ माघ ९ आईतवार

माथिल्लो तामाकोशी अन्तिम चरणमा, आगामी वैशाख दोस्रो सातादेखि सुरुङमा पानी हालिने !

काठमाडौं : स्वदेशी लगानीमा निर्धा’णाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम च’रणमा पुगेको छ । बाँध, सु’रुङ, प्रसारण लाइन, सब’स्टेसनलगायतका संरचनाका सिभिल र मे\कानिकलतर्फका सानातिना काम भइरहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना यही चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । को’रोना र केही प्राविधिक जटि’लताका कारण आयोजनाको काममा ढिलाइ भएको हो । माथिल्लो ठाडो सुरु’ङ र तल्लो ठाडो सु’रुङको बीच भागमा राखिएको पे’नस्टक पाइप ज’डानको अन्तिम च’रणको काम भइरहेको हो ।

पाइपको ज्वाइन्टमा वेल्डि’ङ र पेन्टि’ङको काम आगामी वैशाखको दो’स्रो साताभित्रमा सम्पन्न गर्ने लट–२ हाइड्रो मेका’निकल ठे’केदार कम्पनीले प्रतिब’द्धता जनाएको छ ।हाल हा’इड्रोमेका’निकलतर्फका केही गेटहरु र पेनस्ट’क पाइपसँग सम्बन्धित केही कङ्क्रि’टिङको काम मात्रै बाँकी छ । बाँकी रहेका सानतिना काम सम्पन्न गरी आगामी वैशाखको दोस्रो हप्ताबाट पेन’स्टक र मुख्य सुरु’ङमा पानी हाली पे’नस्टक,

मुख्य सु’रुङ, स’र्ज स्या’फ्ट, स’र्ज सुरुङ, पेन’स्टक पाइप जस्ता संवे’दनशील सं’रचना तथा गेट, म्या’नहोल र भल्भको प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरी काम भइरहेको छ । मुख्य नि’र्माणअन्तर्गत बाँध÷इन्टेक, मुख्य सु’रुङ, विद्युत् गृह, टेलरेस सु’रुङलगायतका सिभिल सं’रचनाको निर्माण सम्पन्न भइसकेको छ ।

ज’लाशय र बालुवा थि’ग्र्याउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना र त्यहाँ ज’डान गरिएका गेट, स्टपलग जस्ता हा’इड्रोमे’कानिकल उपकरणको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ । नेपाल विद्युत् प्राधि’करणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हा’इड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले

निर्माणस्थलको स्थलगत अवलोकन गरी आयोजनाका पदाधिकारी, परामर्श’दाता, तीनवटै ठेके’दारहरुसँग संयुक्तरुपमा बाँकी रहेका निर्माण कार्य शी’घ्र सम्पन्न गरी सुरुङमा पानी भर्ने कार्यतालिका बारेमा छलफल गर्नुभएको छ ।

बाँकी रहेका काम आगामी वैशाख १० गतेभित्र सम्पन्न गरी वैशाख ११ बाट सुरु’ङमा थोरै परिमा’णमा पानी पठाइ मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न शुरु गर्ने र पानी भर्ने क्रममा कुनै ज’टिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।

यसअनुसार सिभिल र हा’इड्रोमेका’निकल सं’रचनाहरुमा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भू’मिगत वि’द्युत्गृहमा जडान गरिएका छ÷छ वटा टर्वा’इन र जेने’रेटरको क्रमैसँग परीक्षण र कमि’सनिङ कार्य प्रारम्भ हुनेछ ।

सोही क्रममा पहिलो युनिटबाट २०७८ वैशाख मसान्त’सम्म विद्युत् उत्पादन शुरु हुने शाक्यले जानकारी दिनुभयो । “भू’कम्प, बा’ढीप’हिरो, को’रोना क’हर जस्ता विभिन्न समस्या झेल्दै आएको आयोजना निर’न्तरको प्रयासबाट अब विद्युत् उत्पादन शुरु गर्न सक्ने अवस्थामा पु¥याएका छौँ, निर्धा’रित तालिकाभन्दा अगावै विद्युत् उत्पादन हुने गरी बाँकी रहेका काम समानान्तररुपमा अगाडि बढाएर सम्पन्न गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

चालू आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन गरिनेछ । आयोजनामा ७६÷७६ मेगावाटका छ वटा युनि’ट रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनि’टबाट क्रमशः विद्युत् उत्पादन हुनेछ ।

विसं २०७२ को विना’शकारी भू’कम्प र त्यसपछिका परा’कम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दो’लनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आ’पूर्तिमा आएको समस्या, डि’जाइन परिवर्तन, हा’इड्रोमेकानि’कल ९लट–२० ठे’केदारको कम’जोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

यस्तै लट–२ को ठे’क्का पाएको भारतीय कम्पनी टे’क्स्म्याको रेल एण्ड इ\ञ्जिनीयरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रो मेकानिकल उपक’रणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।

भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेरलगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताउनुभयो । “स्वदेशी लगानीमा हाल निर्माण भइरहेको मुलुककै सबैभन्दा ठूलो आयोजना ठूलाठूला प्राकृतिक विपत्ति र विश्वव्यापी महामारी कोभिड–१९ को च’पेटामा प¥यो, त्यसबाट त’ङ्गिँ्रदै विद्युत् उत्पादनको चर’णमा पुगेको छ, यो सबैका लागि खुशीको विषय हो”, उहाँले भन्नुभयो ।

लट–२ को ठे’क्का पाएको टेक्स्म्या’कोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इले’क्ट्रोमेकानि’कल लट–३० को ठे’कदारलाई दिइएको थियो । आयोजनाले चरिकोट दोलखा०–सिंगटी ३५ किलोमिटर सडकमा करिब रु एक अर्ब रुपैयाँ खर्च गरी स्तरो’न्नति गरेको थियो ।

आयोजनाले सिं’गटीदेखि बाँध’स्थल लामाबगरसम्म सुरु’ङमार्गसहित २९ किलोमिटर सडक र सात वटा प’क्की पुल बनाएको छ ।यही पू’र्वाधारलाई प्रयोग गरी तामाकोशी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोसीबाहेक सानाठूला गरी करीब ७०० मेगावाट क्षम’ता बराबरका २१ जल’विद्युत् आयोजनाहरु अगाडि बढेका छन् । आयोजनाले सडक बनाइदिएपछि दोलखाको उत्तरी क्षेत्रमा पर्ने साविकका २० गाविसका जनतालाई आव’तजावत सहज भएको छ । न्युज २४ नेपाल

२०७७ चैत्र २६, बिहीबार ०१:५५ गते 1 Minute 493 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार