२०७८ माघ ६ बिहीबार

यी रोगहरु च्वाट्टै पार्छ महले, यस्ता छन् फाइदै फाइदा !

काठमाडौं : औषधीय गुण भएको महको कुरा गर्दा धेरैको मुख रसाउँछ । खाए पनि ठीक लाए पनि ठीक बहुउपयोगी वस्तु महलाई अमृत पनि भनिन्छ ।

मह जाडो मौसममा फुल्ने तोरी वा च्यूरीको फूलबाट तयार हुन्छ । शक्तिबर्धक रोग निरोधक सबैको लागि भनेको मह र अमला चूर्ण (धुलो एक चम्चाको दरले दैनिक सेवन गरेमा धेरै फाइदा हुन्छ ।

यसमा कार्बोहाइड्रेड, भिटामिन बी, सी, म्याग्नेसियम, आइरन, सोडियम , क्याल्सियम लगायतका धेरै तत्वहरु पाइन्छ । यसको नियमित सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । दमको रोग – दम रोग छ भने बेलपत्रको धूलो

एक चम्चामा एक चम्चा मह मिसाएर बिहान र बेलुका खाएमा राम्रो हुन्छ । रुघा, खोकी – महले रुघा, खोकीलाई पनि ठिक गर्छ । बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो च्वाट्टै हुन्छ ।

टंसिल – टंसिल भएमा वा दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।धेरै दीसा लागेमा – यदि तपाइलाई धेरै दिसा लागिरहेको छ भने पनि यसले ठिक गर्छ । जीराको धूलो, ५० ग्राम, सिदेनूनको

धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १/१ चम्चा मह मिसाएर दिनको ३/४ पटक खाएमा यो समस्या समाधान हुन्छ ।घाँटी बसेमा – घाँटी बसेमा एक ग्लास पानीमा एक चम्चा मह हालेर गारगल गरेमा ठिक हुन्छ

र बसेको स्वर पनि खुल्छ । भोक जगाउन – १ डाडु भाङको गेडाको धूलोमा १ चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाएमा भोक लाग्छ ।यस्तै नियमित मह खानाले स्मरण शक्ति बढ्ने, छालामा चमक ल्याउने, पेट सफा हुने, शरीर ज्यादै फुर्तिलो हुने पनि हुन्छ ।

२०७७ चैत्र २६, बिहीबार ०२:४२ गते 0 Minutes 1306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार