२०७९ श्रावण २८ शनिबार

संसदले काम गर्न नसके सरकारमाथि मात्र प्रश्न उठ्दैन, ​सभामुखमाथि प्रश्न उठ्छ – सांसद पण्डित !

काठमाडौं : नेकपा एमालेका सांसद लालबाबु पण्डितले संसदले काम गर्न नसके सभामुखमाथि प्रश्न उठ्ने बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले हाल चलिरहेकोे विधेयक अधिवेसन नाम विधेयक मात्रकाे हुन्छ,

कि काम हुन्छ कि हुदैन भनेर हेरिरहेको बताउनु भयाे । यस्तो अवस्थामा सदनले काम गर्न नसकेको दो’ष सरकारलाई मात्र दिन न मिल्ने भन्दै सभामुखमाथि पनि प्रश्न उठ्ने बताउनु भएको छ । सरकारले ल्याएको विधेयकहरु पास गर्न नसकेको बताउदै,

उहाँले अन्य सांसदहरुले सरकारलाई मात्र दो’ष लगाएको आ’रोप लगाउनु भयो ।संसदको काम छैन भन्ने र ठान्नेहरु र सरकारको काम छैन भन्नेहरुले कुर्सी र सत्ताकाे ला’लचमा परि संसदमाथि प्र’श्न उठाएको आरोप लगाउनु भयो ।संसदसंग काम हुँदा हुँदै पनि संसदले काम गर्न नसक्नु,

सभामुखको विशेष भुमिकाको आवश्यक हुने बताउनुभयो ।‘संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने, संसदको पदाधिकारी सभामुखमाथि पनि प्रश्न उठ्छ’ ‘सरकारमाथि मात्र प्रश्न उठ्दैन ।’उहाँले भन्नुभयो ।सरकारसंग सम’न्वय गर्ने संसद भित्र आएका प्र’स्तावहरुलाई अगाडि बढाउने,

र जनतालाई तत्काल चाहिएका विधेयकहरु अगाडी बढाउने, यदि ति कुरा अगाडी बढाउन कुनै पार्टी र कुनै मन्त्रीले रोकेको भए संसदाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।

२०७७ चैत्र २६, बिहीबार १५:०२ गते 1 Minute 879 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।