
काठमाडौँ : झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी स’म्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ ।
सरकार र सदनको समेत ट’करावको अवस्था बन्दै आएको स’म्झौता कार्यसू’चीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चासो दिनुभएको हो । प्रधानमन्त्री ओलीले कार्यव्यवस्था परा’मर्श समितिमा सरकार प्रतिनिधि कानुन,
न्याय तथा संसदीय मामिलामन्त्रीलाई कार्यसू’चीमा अगाडि बढाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीको निर्देशनअनुसार कार्यसूचीबारे सभामुखसँग परा’मर्श गर्ने कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्ला केही दिनयता प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा (एमाले)का सांसद खगराज अधिकारीले समेत एमसीसी अगाडि नबढाइएको भन्दै अस’न्तुष्टि जनाउनुभएको थियो ।
सार्वजनिक मञ्चमा प्रधानमन्त्री तथा सदनमा परराष्ट्रमन्त्री तथा सांसदहरूले उक्त विषयमा ध्यानाकर्षण गराउँदै आउनुभएको छ । मन्त्री श्रेष्ठले कार्यसूचीबारे सभामुखसँग परा’मर्श गर्न आफूलाई प्रधानमन्त्रीको निर्देशन प्राप्त रहेको जानकारी दिनुभयो ।
बिहीबार कानुन न्याय तथा मानव अधिकार समितिको
बैठकपछि बाहिरिने क्रममा मन्त्री श्रेष्ठले भन्नुभयो, “प्रधानमन्त्रीले अगाडि बढाउने विषय चासो राख्नुभएको छ । उहाँले अगाडि बढाउन भन्नुभएको छ । प्रधानमन्त्रीको निर्देशनब’मोजिम म सभामुखसँग कुरा गर्नेछु ।’’ यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।