
काठमाडौं : नेकपा एमालेका निल’म्बित नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिँदै एमसीसी रोक्नु प्रत्येक देशभक्त नागरिकको क’र्तव्य रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सभामुखले एमसीसीसँगको स’म्झौता संसदमा रोक्न पाउने अधिकार छ भनेर प्रश्न गरेको प्रसंग को’ट्याउँदै नेता रावलले एमसीसी रोक्नुपर्ने तर्क गरे । सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै रावलले लेखेका छन् ।
सभामुखले एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रम केपीले सार्वजनिक कार्यक्रममा प्रश्न उठाउनुभएको रहेछ । देशहित विरोधी कुनै पनि सम्झौता र काम रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो । यस्तो कर्तव्यप्रति देशघा’तीहरूमा भने घृणा हुन्छ ।
थप समाचार !
मुख्यमन्त्री शाही भोलि मन्त्रि’मण्डल विस्तार गर्ने तयारीमा !
नेपाली कांग्रेस र नेकपा एमालेको सहयोग पाएर मुख्यमन्त्री पद जोगाउन सफल कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि (आइतबार) मन्त्रीमण्डल विस्तार गर्न लाग्नुभएको छ ।
प्रदेशका एक सांसदले जानकारी दिएअनुसार मुख्यमन्त्री शाहीले आफ्नो पद जोगाउने कांग्रेस र एमालेका सांसदहरुलाई समेटेर मन्त्रिमण्डल वि’स्तार गर्न लागेका हुन् ।
मुख्यमन्त्री शाहीले शुक्रबार आफ्नो पद जोगिएसँगै सरकार विस्तारको तयारी अ’न्तिम च’रणमा पु¥र्याउनु भएको पनि ती सांसदले बताएका छन् । एमालेको माधवकुमार नेपाल समूहका सांसद प्रकाश ज्वा’ला, अमरबहादुर थापा, कुर्मराज शाही र
नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दलको ह्वी’प उल्लं’घन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मत दिएका थिए।कर्णाली प्रदेशमा एमालेका १९ (सभामुखबाहेक), माओवादीका १२, कांग्रसका ६ र राप्रपाबाट १ गरी ३९ सांसद रहेका थिए ।
शुक्रबार एमालेका तर्फबाट मुख्यमन्त्री शाहीलाई मत दिने ४ जनाभ’ध्ये ३ जनालाई पार्टीबाट निष्का’सन गरिएको छ ।
यसअघि कर्णाली प्रदेशको आर्थिक मामिलामन्त्री प्रकाश ज्वालालाई भने महा|धिवेशन प्रतिनिधि रहेकालाई उनलाई पनि कारबाहीका लागि शनिबार सि’फारिस गरिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।