
काठमाडौँ : राष्ट्रिय प्रजा’तन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको का’र्यकाल थप गर्न माग गरेका छन् ।
चार वर्षे कार्यका’ल सकिएर बिदा हुन लागेका घिसिङले नेपालको उ’र्जा क्षेत्रमा मह’त्वपूर्ण योगदान पु¥र्याउको बताउँदै अध्यक्ष लोहनीले सरकारले सक्षम व्यक्तिलाई पुनः अवसर दिनुपर्ने माग राखेका छन् ।
‘बि’चौलिया र दलाल पूँ’जीबादमा डु’बेको यो सरकारले उनलाई फेरि नि’युक्त गर्छ जस्तो मलाई लाग्दैन’, उनले भने, ‘तर अर्को चार वर्ष उनलाई काम गर्ने मौका दिनै पर्छ ।’
अध्यक्ष लोहनीले कूलमानलाई आगामी चार वर्षे का’र्यकाल दिएर भारतबाट आयात हुने विद्युत पूरा रुपमा हटाएर नेपाललाई पूर्ण रुपमा बि’द्युतमा आत्म’निर्भर बनाउनुपर्ने बताएका छन् । लोहनीले कुलमानको प्र’शंसा गर्दै सामाजीक संञ्जाल फेसबुकमा आफ्नो धारणा राखेका हुन ।
बाँकी उहाँको फेसबुकबाट ।
कुलमान घिसिङको का’र्य क्षमता अब नेपालमा सबैलाई थाहा छ । उनले यो इज्जत आफ्नो कामबाट कमाएका हुन् । अब उनको चार बर्षे कार्यका’ल सकियो । बि’चौलिया र दलाल पूँ’जीवादमा डुबेको यो सरकारले उनलाई फेरि नियुक्त गर्छ जस्तो मलाई लाग्दैन । तर अर्को चार वर्ष उनलाई काम गर्ने मौका दिनै पर्छ । मूलतः आउँदो चार वर्षमा उनलाई मोटामोटी निम्न काम को जिम्मा दिनुपर्छः
१. भारतबाट हाल पनि नेपालको कुल खपतको ३० प्रतिशत हाराहारीमा विद्युत आयात हुन्छ अब अर्को चार बर्षमा नेपाल पू’र्णरुपमा विद्युतमा आ’त्मनिर्भर हुनुपर्छ ।
२. कम्पनी राम्रै नाफामा जान थालेको परिवेशमा अबको चार बर्षभित्र थप पूँ’जी जनताको लागि सेयर बजारमा बेच्ने र प्राधिकरणमा जनताको स्वामित्व कमसेकम ५० प्रतिशत पुर्याउने ।
३. नयाँ सेयर किन्ने लगानीकर्तालाई कमसेकम १२ देखि १५ प्रतिशत लगानीमा प्रतिफल सुनिश्चितता गर्ने ।
४. जलविद्युत बाहेक अन्य उर्जा श्रोतबाट १० देखि १५ प्रतिशत विद्युत उत्पादन गर्ने ।
यता : नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कार्यरत ८ सय ४१ कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले कर्मचारी सेवा, शर्त वि’नियमावली २०७५ को विनियम ४३, ४६, ४८ र ५१ मा भएको व्यवस्था बमोजिम एकै पटकमा यति धेरै कर्मचारीको सरुवा गरेको हो ।
२०७७ चैत्र ३१ गतेको निर्णय अनुसार १ देखि ८ तह सम्मका कर्मचारीको सरुवा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सरुवा हुनेमध्ये ५ सय ३२ कर्मचारी आफुले इच्छाएको प्रदेशमा सरुवा भएका हुन् ।
अन्य ३ सय ९ जना कर्मचारीको नियमित सरुवा गरी जिम्मेवारी तोकिएको हो । एउटै कार्यालयमा तोकिएको अवधि पूरा भएका तथा कार्य मू’ल्याङकनको आधारमा कार्यरत कर्मचारीको सरुवा गरिएकोे प्राधिकरणले जनाएको छ ।
यसपटक वितरण के’न्द्र, प्रादेशिक का’र्यालय, निर्देशनालय, आयोजना, प्रशासन शाखा, जलविद्युत केन्द्र, प्राविधिक सेवा विभागलगायतका कार्यालयका कर्म’चारीको जि’म्मेवारी हेरफेर गरेर सरुवा गरिएको छ । नियमित प्रक्रियाअनुसार सरुवा हुने ११ जना ८ तहका छन् ।
६८ जना ७ तहका, ३३ जना ६ तहका, ५४ जना ५ तहका र ६३ जना ४ तहका कर्म\चारी छन् । ३९ जना ३ तहका, २७ जना २ तहका र १४ जना १ तहका कर्मचारीको जि’म्मेवारी हेर’फेर गरिएको छ ।
सरुवा भएका यी कर्म’चारीको विभिन्न का’र्यालय, आयोजना, जलविद्यु’त के’न्द्रलगायतमा जिम्मे’वारी तोकिएको छ ।यस्तै, प्रदेश तहबाट नियुक्त भई अर्को प्रदेशमा आउनेमध्ये १ सय ३६ जना ५ तहमा कार्यरत कर्मचारी छन् । २ सय ९८ जना ४ तह र ९८ जना ३ तहका रहेको प्राधि’करणले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।