
काठमाडौ : काभ्रेपलाञ्चाेककाे पनौतीमा सीजी होल्डिङ्सले २२० घरसहितको सीजी भिलेज निर्माण गर्दै छ। सीजी ग्रुपअन्तर्गतको कम्पनीले १ सय ११ रोपनी क्षेत्रफलमा .
पनौतीमा भिलेज निर्माण गर्नलागेको हो। सहरको भीडभाडभन्दा पर सुरक्षित, स्वच्छ, रमणीय वातावरणको सीजी भिलेज पनौती नयाँ संस्करण सुरुवात गरेको कम्पनीले जनाएको छ।
रिङरोडको छेउछाउमा निर्माण हुने हाउजिङ पनौती क्षेत्रमा निर्माण गर्दै छ।
कम्पनीले पनौती भिलेजलाई ‘विकएन्ड होम’ अर्थात् हप्ताको ५/६ दिन सहरमा काम गर्ने हप्ता विदा बस्न घरमा जाने ‘कन्सेप्ट’मा घर निर्माण हुँदै छन्। ४ आनाका प्लटको बुकिङ खुल्ला भइसकेको छ भने ठूला प्लटको बुकिङ खुल्न बाँकी छ। एउटा घरको सुरुवाती मूल्य १ करोड ७३ लाख रुपैयाँ छ।
‘हामीले बुकिङ खुल्ला गरेकोमा १ करोड ७३ लाख रुपैयाँ सुरुवाती मूल्यका घर रहेका छन्’, मार्केटिङ म्यानेजर प्रतिज्ञा चन्दले भनिन्, ‘हामीले ४ आनाका प्लटमा बुकिङ खुल्ला गरेका छौँ। त्यसमा २५ प्रतिशत घर बुकिङ भइसकेका छन्।’
चन्दले बुकिङ भएका घरको निर्माणकार्य १ हप्ताअघिबाटै सुरु भइसकेको बताउँदै अहिले निर्माण सुरु भएको घरको काम ३ वर्षभित्र सकिने जानकारी दिइन्। काठमाडौंको ठाउँमा बढी भीडभाड छ। वायु प्रदूषण पनि बढी। काठमाडौंमा घरजग्गाको मूल्य अत्यधिक छ। काठमाडौंको विकल्पको रुपमा पनौतीमा थोरै मूल्यमा सुविधासम्पन्न घर निर्माण हुने चन्दले बताइन्।
ठूला घर, फराकिला सडक, खानेपानी विद्युतको पर्याप्त व्यवस्था रहेको कम्पनीले जनाएको छ। कम्पनीले करिब १० प्रतिशत खुल्ला क्षेत्र रहने बताएको छ। पनौती भिलेज जानको लागि काठमाडौंको नयाँ बानेश्वरबाट बनेपा करिब २२ किलोमिटर दूरी छ।
अरनिको राजमार्गअन्तर्गत पर्ने बनेपा बजारदेखि पनौतीको दूरी करिब ६ किलोमिटरको छ। पनौती बसपार्कबाट सिजी भिलेज १.९ किलोमिटरको दूरीमा छ। हरेक घरमा ४ वटा बेडरुम, एउटा हल र किचन रहनेछ। एउटा घर कम्तीमा पनि ४ आना जग्गामा बन्ने कम्पनीले जनाएको छ।
त्यस्तै, पूर्व र पश्चिम दिशामा फर्किएका घर २ हजार ३ वर्गफिटमा निर्माण हुनेछ। ग्राउन्ड फ्लोरमा गाडी पार्किङसहित लिभिङ रुम, डाइनिङ रुम, किचन, स्टोरसहितको हुनेछ। जसमा १३ फिट लम्बाइ र १३ चौडाइ भएको गाडी पार्किङ हुनेछ।
४ वाई ६ को पाउडर रुम र २ वाई ८ को स्टोर रुम हुनेछ। लिभिङ एरिया १८ फिट लम्बाइ १० फिट चौडाइको हुनेछ। डाइनिङ एरिया १४ फिट लम्बाइ १० फिट चौडाइको हुनेछ। किचन ९ फिट चौडाइ १३ फिट लम्बाइको हुनेछ। घरको पहिलो तल्लामा ३ वटा बेडरुम हुनेछन्। फरक–फरक आधारका कोठामा एउटा १२ फिट लम्बाइ ९ फिट चौडाइको हुनेछ।
दुईवटा कोठा १३ फिट लम्बाइ र १० फिट चौडाइका हुनेछन्। पहिलो तल्लामा ४ फिट लम्बाइ ६ मिटर लम्बाइको एउटा बाथरुम र ५ फिट लम्बाइ र ५ फिट चौडाइको अर्को बाथरुम रहनेछ। त्यसबाहेक ८ फिट चौडाइ र १० फिट लम्बाइको ट्यारेस हुनेछ। घरको दोस्रो तल्लामा ९ बाई १२ फिटको एउटा बेडरुमसहित ४ बाई ६ को बाथरुम हुनेछ।
पनौती भिलेज कम्पाउन्डभित्रै कमर्सियल भवन हुनेछ। त्यहाँ ग्रोसरी, क्याट्रिन, क्लब हाउसलगायतको सुविधा हुनेछन्। सीजी होल्डिङ्सले पनौतीबाहेक भैँसेपाटी हाइट्स, अपार्टमेन्टसहितको सीटी स्केप, सीजी लेक भ्यू धापाखेल, सीजी भिल्लास ललितपुर सुनाकोठीमा आवासीय परियोजनामा लगानी गरेको छ। नेपालखबर
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।