२०७९ असार १४ मंगलवार

उपत्यकामा दैनिक १४ करोड लिटर मेलम्चीको पानी !

काठमाडाैं : काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू भएसँगै मेल’म्चीको पानी आउने परि’माणमा पनि वृद्धि भएको छ । आइतवारदेखि काठमाडौं उपत्यकामा दैनिक १४ करोड लिटर आउन थलेको छ ।

शनिवारसम्म भने साढे ८ करोड लिटर पानी आइरहेको थियो ।
दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गर्ने तयारीको नजिक पुगिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिइओ मिलनकुमार शाक्यले जानकारी दिए ।

आइतवारदेखि सुन्दरीजलबाट थप पानी छाडिएको र उपत्यकाका सातओटा पोखरीहरूमा पानी थपिएको छ,’ शाक्यले भने, ‘बाँकी तीनओटा पोखरीमा पनि पानी राख्ने क्रम शुरू गरिने र थप ३ करोड लिटर पानी पनि छिटै आउनेछ । त्यसपछि कीर्तिपुर, भक्तपुरको कटुन्जे र ठिमीमा पनि पानी राखेर वितरण गरिनेछ ।’

काठमाडौं उपत्यकामा चैत १५ गतेदेखि मेलम्चीको खानेपानी औपचारिक रूपमा आउन थालेसँगै वितरण पनि शुरू भइसकेको छ । अहिले महांकालचौर, अनामनगर, मीनभवन, खुमलटार, महाराजगञ्ज, बालाजु, बाँसबारी क्षेत्रका पोखरीहरूबाट पानी वितरण भइरहेको छ ।

मेलम्चीको खानेपानी काठमाडौंमा आएसँगै पुरानै पाइपलाइनबाट पानी वितरण हुँदा हालसम्म ३३० स्थानमा पानी चुहा’वटको समस्या देखिएको छ । दशकदेखि पुराना पाइपबाट पानी वितरण गरिएको छ । पानीको प्रवाह बढी भएपछि मुख्य सडक तथा भित्री सडकहरूमा अधिक चुहावट देखिएको छ ।

शाक्यले हालसम्म चुहा’वट देखिएका ती स्थानमध्ये १८६ स्थानमा मर्मतसम्भार गरिसकेको बताए । भित्री सडक तथा गल्लीहरूमा मर्म’तसम्भार गरिएको र अहिले मुख्य स’डकहरूमा पनि मर्म’तसम्भार गर्न सडक विभागले स्वीकृति दिइसकेको उनले बताए । अब छिटै मर्मतसम्भारको काम हुने उनको भनाइ छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

२०७८ बैशाख ७, मंगलवार २१:०० गते 1 Minute 617 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।