
काठमाडौं : आफन्तलाई त्रिभुवन अन्त’र्राष्ट्रिय विमानस्थलमा बिदाइका लागि जाँदै हुनुहुन्छ भने तत्कालका लागि उक्त काम नगर्न विमानस्थल कार्यालयले आ’ग्रह गरेको छ ।
को’रोना स’ङ्क्रमण फैलिएको अहिलेको परिस्थितिमा विमानस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई निरु’त्साहित गरिएको का’र्यालयले जनाएको हो । अत्या’वश्यक अव’स्थाबाहेक विमानस्थल प्रवेश नगर्न पनि कार्यालयले अ’नुरोध गरेको छ ।
को’रोना सङ्क्र’मणको जो’खिमबाट सुरक्षित राख्न भन्दै विमानस्थलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरेको मापद’ण्ड पालन गर्न पनि सर्व’साधारणलाई आ’ग्रह गरेको छ । विमानस्थल आवतजावत गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, शरीरको तापक्रमको मापन गराएर टर्मि’नल भवन प्रवेश गर्नुपर्ने,
सेनि’टाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा रहँदा भीड’भाड नगरी साङ्के’तिक पाइला प’छ्याउनुपर्नेजस्ता मापद’ण्ड पालना गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।
अन्तर्राष्ट्रिय हवाई यात्रुले भने अनिवार्य प्रस्थान फारम भर्नुपर्ने र आन्तरिक हवाई यात्रुले आन्त’रिक यात्रा फारम भरेर सम्बन्धित वायु’सेवा कम्पनीलाई बुझाउनुपर्ने कार्यालयले जनाएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।