२०७९ जेष्ठ ४ बुधबार

भारत सरकारद्वारा ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहार स्वरुप प्रदान ।

काठमाडौं : भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका सरकारी तथा गैर नाफामूलक संघ–संस्थाहरुलाई ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।

विहीबार (आज) काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न संघ संस्थाहरुलाई ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको हो ।

ग्रा’मीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गै’रनाफामूलक सं’स्थाहरुलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।

सन् १९९४ यता भारतीय राजदूतावासले हालसम्म करिब ८६२ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ । यो वर्ष राजदूतावासले ‘एड्भान्स लाइफ सपोर्ट, ब्यासिक लाइफ सपोर्ट र कमन लाइफ सर्पोट गरि तीन किसिमको एम्बु’लेन्स प्रदान गरेको हो ।

उक्त एम्बु’लेन्सहरु नेपाल सरकारले तोकेको मापद’ण्ड अनुरुप निर्माण गरिएका बताइएको छ । त्यसैगरि राजदूतावासले हालसम्म १६६ वटा स्कूल बस उपहा’रस्वरुप उपलब्ध गराइसकेको छ ।

२०७८ बैशाख ९, बिहीबार २३:२४ गते 1 Minute 688 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।