२०७९ असार १८ शनिबार

प्रभू साहलाई एमालेमा पहिलो झड्का, भूगोलको पदबाट आउट !

काठमाडौं : तत्कालीन नेकपाभित्र विवाद चर्किएका बेला नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेतिर प्रवेश गरेका नेता प्रभू साहलाई झड्का लागेको छ ।

नेकपा एमालेको १० औं महा’धिवेशन आयोजक कमिटीको बैठकले नेताहरूको जि’म्मेवारी हेरफेर तथा बाँडफाँ’ड गर्दै नेता साहलाई भू-गोलको जिम्मे’वारीबाट हटाएको छ ।

२ नम्बर प्रदेश अध्यक्ष रहेका साहलाई भूगोलको जिम्मेवारीबाट हटाइएको हो । साहलाई हटाएर माओवादी केन्द्रबाटै एमाले प्रवेश गरेकी ज्वालाकुमारी साहलाई प्रदेश अध्यक्ष बनाइएको छ ।

शहरी विकास मन्त्री समेत रहेका साहलाई पार्टी विभाग तथा पेशागत संगठन इन्चा’र्ज बनाइएको छ । पार्टीको भू-गोलको जिम्मे’वारी प्रभा’वशाली मानिन्छ ।

भूगोलको जिम्मे’वारीमा रहेका नेताहरूले चु’नावमा टिकट बाँड्नेदेखि भूगोलको कमिटी परिचालनमा सक्रिय हुन पाउँछन् ।
तर प्रभू साहलाई प्रदेश अध्यक्षको जि’म्मेवारीबाट हटाएर शहरी विकास विभाग प्रमुख, पेशागत महासंघ नेपाल तथा

सम्बद्ध संगठनहरू र नेपाल बुद्धिजीवि परिषद् तथा सम्बद्ध संगठनको इ’ञ्चार्ज बनाइएको छ । २ नम्बर प्रदेशको प्रदेश इन्चा’र्जको जि’म्मेवारी रघुवीर महासेठले पाएका छन् । एमाले बैठकले कार्यविभाजन गरेर २६५ जना नेतालाई जिम्मे’वारी दिएको छ ।

२०७८ बैशाख ११, शनिबार २०:१२ गते 1 Minute 613 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।