
काठमाडौं : नेकपा एमालेको सुनसरी जिल्लाको इन्चार्जको जिम्मा जगदीश कुशवाहालाई दिइएपछि ने’तृ भगवती चौधरीले बैठकको बीचमा उठेर हिँडेकी छन् ।
शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समिति बैठकले जिल्लाको इन्चा’र्जमा दाबी गरेकी चौधरीको स्थानमा कुशवाहालाई जिम्मेवारी दिइएपछि बीचमै उठेर नेतृ चौधरी बाहिरिएकी हुन् ।
बैठक चलिरहेकै बेला बालुवटारबाट बाहिरिएकी चौधरीलाई उनीसँगै बैठकमा उपस्थित भएका नेताहरुले बैठकबाट नबाहिरिन सम्झाइ बुझाइ गरे पनि उनले मानिन् । त्यसो त नेताहरुले बीचमै उठेर बैठक ब’हिष्कार नगर्न सु’झाव दिँदै पुनः बैठकमा चौधरीलाई लगे ।
तर, १० मिनेट पनि बस्न सकिनन् ने’तृ चौधरी अनि बाहिरिइन् बालुवाटारबाट । बाहिरिने क्रममा उनले भनिन्, ‘जे–जे गर्नु छ केपी ओलीले गर्छन् । मैले बोल्नु केहीँ छैन ।
’०७४ को निर्वाचनमा विजयकुमार ग’च्छदारसँग परा’जित भएकी हुन्, भगवती चौधरी । तर, चुनावमा गच्छदारले धाँधली गरेर चुनाव जितेको आरोप छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार ग’च्छदार हाल सांसद पदबाट निल’म्बित छन्।
बालुवाटारको सरकारी जग्गा न’क्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घट’नामा दो’षी रहेको भन्दै अ’ख्तियारले ग’च्छदारवि’रूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।भगवती चौधरी सरकार पक्षबाट रेशम चौधरीको मु’द्धा सम्बोधन गर्नका लागि गठित थारु दलका तर्फबाट प्रतिनि’धित्व गरेकी थिइन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।