
काठमाडौ : त्रिकोणात्क क्रिकेट सिरिज अन्तरगत लगातार तीन खेलमा अर्धसतक हानेका नेपालका ओपनर कुशल भुर्तेलले विश्व कीर्तिमान बनाए।
करिअरको पहिलो तीन टी—ट्वान्टी सिरिजमा लगातार अ’र्धशतक प्रहार गर्ने खेलाडीको रेकर्ड बनाएका हुन् । कुशलले ४१ बलमा आफ्नो अर्ध’सतक पूरा गरेका हुन् । उनले १ छक्का र ६ चौका प्र’हार गरेका छन् ।
यसअघि उनले आफ्नो डेब्यू खेलमा नेदरल्यान्ड्सवि’रुद्ध र दोस्रो खेलमा मलेसियाविरु’द्ध अर्ध’शतक हानेका हुन् । अन्तर्राष्ट्रिय टी—२० मा लगातार अर्ध’शतकको रेकर्ड भने न्यूजिल्याण्डका ब्रान्डन म्याकुलम र वेस्ट इन्डिजका क्रिस गेलको नाममा छ ।
उनीहरुले लगातार ४ अर्धसतक हानेका थिए । लगातारको उत्कृष्ट प्रदर्शनले कुशलले विदेशी क्रिकेट लिगमा मौका पाउने सम्भावना पनि बढेको छ ।
पछिल्लो समय धेरै देशले विभिन्न प्रारूपमा क्रिकेट लिग आयोजना गरिरहेका छन् । यूएईमा हुने टी-१० लिग, वेष्ट इण्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल), क्यानडामा हुने ग्लोबल टी-२० लिगमा कुशल अनुबन्ध हुने सम्भावना बढी छ ।
साथै, आफ्नो उत्कृ’ष्ट प्रदर्शनलाई कायमै राखे कुशलले आईपीएल, पाकिस्तान सुपर लिग, बिग बास लिग जस्ता च’र्चित क्रिकेट लिगमा पनि मौका पाउन सक्छन् । उता भारतको च’र्चित दैनिक जा’गरणको अनलाइन संस्क’रणले समेत कुशलको बारेमा तारिफ गर्दै समाचार लेखेको छ।
उसले कुशलबारे ‘नेपालका क्रिकेटरले बनाए विश्व की’र्तिमान, पहिलो तीन टी–२० खेलमै देखाए चम’त्कार’ शीर्षको समाचार लेखेको छ। ‘भारत, इंग्ल्याण्ड र अष्ट्रेलिया मात्र होइन, साना देशहरूबाट पनि क्रिकेटरहरू बाहिर आउँदैछन्। २४ वर्षे ओपनरले भयानक विश्वकीर्तिमान स्थापित गरेका छन्।
कुनै पनि क्रिकेटरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा त्यो गर्न सकेका छैनन्। त्यो अ’द्भुत कीर्तिमन भुर्तेलले बनाएका छन्।’ जागरण दैनिकले लेखेको छ, ‘टी–२० अन्तर्राष्ट्रियमा डेब्युसहित लगातार तीन खेलमा अर्धशतक प्र’हार गर्ने उनी विश्वकै पहिलो खेलाडी बनेका छन्।’ -ताजा खबर टिभि
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।