२०७८ माघ १० सोमबार

कहिल्यै काठमाडौँ नफर्कने वाचा गर्दै दुई काखे छोराछोरीसहित रोल्पा फर्किइन् दिलकुमारी !

काठमाडौ : बुधबार दिउँसो बेस्सरी घाम च’र्केको थियो । घामभन्दा पनि अझ चर्को थियो काठमाडौं छोड्न चाहनेहरुको हतारो । चर्को घामबाट जोगिन गोगंवुस्थित नयाँ बसपार्कको सानो छहारी छेउ पोका प’न्तुराहरुको बीचमा थिइन् रोल्पाकी दिलकुमारी पुन मगर ।

४ महिनाअघि उनी श्रीमान् दीपक पुनसँग काठमाडौंँमा काम खोज्न आएकी थिइन् । नुवाकोटको बट्टारमा रहेको एक इँटा उद्योगमा ईटा बनाउँने र बोक्ने काम गरेका उनीहरुको काम ल’कडाउनले रोकिदियो । सरकारले फेरि ल’कडाउन गर्दैछ भन्ने सुनेका उनीहरुले हिजो साँझ नै पोका पन्तुरा कसे र बिहानै बट्टारबाट काठमाडौँ हिँडे ।

दिउँसो १ बजे गोङ्गबु बसपार्कको सडक पेटीको छहारीको भुइँमा पोका पन्तु’रा र दुई जना काखे छोराछोरी कुरेर बसेकी थिइन् दिलकुमारी । उनका श्रीमान् दीपक भने रोल्पा जाने बसको खोजीमा निस्किएका थिए । सामानहरुको पाकोमाथि निदाइरहकी थिइन् उनको छिमेकी बहिनी । ४ वर्षका छोरा दिपेश र २ वर्षकी छोरी मनिषा त्यहीँ खेलिरहेका थिए ।

गाउँमा काम सकिएर हिउँद लागेपछि ४ महिनाअघि कामको खोजीमा उनको परिवार काठमाडौं आएको थियो । गाउँको नाइकेको साहयतामा नुवाकोटको एक इँटा भट्टामा काम गर्न पुगेका उनीहरुले फेरि अघिल्लो वर्षको जस्तै ल’कडाउन हुने खबर थाहा पाएपछि घर जाने यात्रामा निस्किएका थिए ।

उनीहरुले खाना पकाउने ग्याँस, खन्ने साबेलदेखि भाँडाकुडाको पोको पन्तु’रो कसेका थिए । उनका श्रीमान् दीपक अघिल्ला वर्षका हिउँदमा पनि इँटा बनाउने काम गर्न काठमाडौंँ आएपनि दिलकुमारी भने पहिलो पटक आएकी थिइन् ।उनले अब फेरि फर्केर काठमाडौं नआउने बताइन् ।

टिकट खोज्न उनका श्रीमान् कता गए उनलाई थाहा थिएन । उनी घर जाने बस र श्रीमानको बाटो हेर्दै सामान कुरेर बसिरहेकी थिइन् ।इँटा भट्टामा काम गरेको पनि पूरा पैसा नलिइ हिँडेको उनले बताइन् । ‘साहुले गाडि भाडा मात्र दिएको छ दश–पन्ध्र हजार जति । अरु पैसा दिएको छैन ।’

इँटा भट्टामा काम गाउँका अरु मान्छे नफ’र्किएपनि बालबच्चा भएका कारण घर जान लागेको उनले सुनाइन् । अब फेरि काठमाडाै‌ नआउने, रोल्पामा मकै छ’र्ने, खेत रोप्ने काम गर्ने उनले सुनाइन् ।उनीसँग कुरा गर्दा गर्दैगर्दा उनका श्रीमान् दीपक पनि आइपुगे ।

उनी घर जाने बस खोज्न फोनमा व्यस्त थिए । फोनमा कुरा गर्दा गर्दै एउटा बस मिलेपछि उनी प्रशन्न देखिए । उनले भने–‘लकडाउनमा यता बस्दा धेरै समस्यापनि हुने भयो । पोहोर साल पनि त्यस्तै दुःख भयो । यसपाली चाँहि चाँडै नै जाउँ भनेर हिँडियो । अहिले बस पनि मिलाइयो ।’

उनले साहुबाट लिनुपर्ने पैसा नाइकेले लिने र त्यसपछि आफूले लिने भनेर बाटो खर्च लिएर हिँडेको उनले सुनाए । उनले हाँस्दै भने, ‘साहुले काम छोडेर जान दिइरहेको थिएन, हल्का झगडा गरेर हिँडेको ।’५ महिनादेखि उनका श्रीमान्–श्रीमतीले

इटा पार्ने तथा बोक्ने काम गरेबापतको २ लाख हारा’हारी ज्याला लिनुपर्ने छ । ‘ कारण नाइकेलाई सो रकम लिएर दिन भन्दै घर फर्केको दीपकले सुनाए ।उनले भने–‘काममा लगाउने हाम्रो गाउँतिरको नाइके छन् । उनीमार्फत् त्यो पैसा हामी लिन्छौँ । अहिले उनै नाइकेको विश्वासमा पैसा छोडेर जाँदैछौँ ।’

२०७८ बैशाख १६, बिहीबार ०५:३२ गते 1 Minute 442 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार