२०७९ श्रावण २४ मंगलवार

सीसीएमसी द्वारा भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सिफारिस !

काठमाडौं : को’रोना संक’ट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

नाका खुल्ला रहँदा नेपालमा संक्रम’णको जो’खिम बढेको भन्दै सीसीएमसीले भारतसंग जोडिएका २२ वटा नाका बन्द गर्नका लागि सिफारिस गरेको हो ।

आज बसेको सीसीएमसीको बैठकले भारतसँगको नाका बन्द, बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

साथै, निर्माण कार्यका हकमा कामदारहरुलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नपाउने गरी काम गर्न दिन प्रस्ताव गरिएको छ । यस्तै देशका एक चौथाइ शहरहरुमा ‘लक’डाउन’ गर्ने सीसीएमसीले प्रस्ताव गरेको छ ।

यता : कर्मचारीमा को’रोना संक्रम’ण पु’ष्टि भएपछि सूचना विभाग अनिश्चि’तकालका लागि बन्द भएको छ । विभागका कर्मचारीलाई कोरो’ना देखिएपछि विभागले दिँदै आएको सेवा बन्द गरेको हो ।

विभागका सँगै काम गर्ने अन्य कर्मचारीलाई समेत को’रोनासँग मिल्दोजुल्दो ल’क्षण देखिएकाले सबै सेवा स्थगित गरिएको विभागले जनाएको छ ।

सूचना विभागले आजदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म प्रसारण संस्थासँग सम्बन्धित इ’जाजत, लाइ’सेन्स, जारी, नवीकरण, सिफारिस, क्लिनफिड अनुगमन र श्रमजिवी पत्रकारको उजु’री लिने काम समेत ब’न्द भएको विभागले जनाएको छ ।

२०७८ बैशाख १८, शनिबार ०५:४३ गते 1 Minute 283 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।