
एजेन्सी : अस्ट्रेलियाले भारतसँगको यात्रालाई हालका लागि गैरकानुनी बनाएको छ । अस्ट्रेलियाली सरकारले भारतबाट फर्किने आफ्ना नागरिकलाई ५ वर्षसम्म जे’लसजा’य गर्न सक्ने बताएको हो ।
पछिल्लो समय भारतमा दो\स्रो लहरको को’रोना भा’इरस ती’व्र रुपमा फैलिएको छ । भारतमा रहेका र कोारेना सङ्क्रमित भई क्वा’रेन्टाइनमा बसिरहेका अस्ट्रेलियाली नागरिकहरूको सङ्ख्याका आधारमा सरकारले उक्त क’डा निर्णय लिएको हो ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यसै साताको शुरूतिर भारतबाट अस्ट्रे’लियामा हुने सबै खालका उडानहरूमाथि प्रतिबन्ध लगाइसकिको छ । अब भारतबाट यसबेला अस्ट्रेलिया फर्कनेहरुले जेल बस्नुपर्ने हुन सक्छ ।
हाल भारतमा हाल करिब ९ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६०० जनालाई को’रोनाको जो’खिम समूहमा राखिएको जनाइएको छ ।
तर अस्ट्रेलियाली चिकित्सकहरुले सरकारको उक्त निर्णयको आलोचना गरेका छन् । भारतबाट फर्किरहेका अस्ट्रेलियाली नागरिकको सङ्ख्यासँग सरकारको कदम असुहाउँदो भएको एक चिकित्सकले त्यहाँको टेलिभिजनमार्फत बताएको बिबिसीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।