२०७९ श्रावण २४ मंगलवार

चीनले नेपाललाई दियो २० हजार थान अक्सिजन सिलिन्डर, कहिले आइपुग्छ ?

काठमाडौं : चीनबाट २० हजार थान अक्सि’जन सिलिन्डर नेपाल ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनले दिएको उक्त अक्सि’जन सिलिन्डर चाँडोभन्दा चाँडो काठमाडौं ल्याउने तयारी सुरु गरेको छ ।

हवाइ र स्थल मा’र्गबाट ती सिलिन्डर झिकाउने प्रयास भएको मन्त्रालयले जनाएको छ । दक्षिण एसियाली मुलुकको विदेशमन्त्रीसँगको भेटपश्चात् भएको छलफलमा चीनले नेपाललाई अक्सि’जन सिलि’न्डर उपलब्ध गराउने प्रति’बद्धता जाहेर गरेको हो ।

एक साताअघि पाँच विदेशमन्त्रीसँग चीनले भेटघाट गरेको थियो । चीनले दिने भनेको उक्त अ’क्सिजन सिलिन्डर भित्र्या¥उने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयलाई दिइएको छ । साथै, सरकारले अक्सि’जन सिलिन्डरको माग बढेपछि सिलिन्डर होल्ड नगर्न निर्देशन दिइसकेको छ ।

को’भिड सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकमा चीनले सहयोगस्वरुप उपलब्ध गराउने भनेकामध्ये २ हजार सिलि’न्डरलाई जहाजबाट ल्याउने बारे छलफल भएको छ ।

सीसीएमसीको बैठकले ती सबै सिलिन्डर ल्याउन ३० भन्दा बढी उडान गर्नुपर्ने अनुमान गरेको छ । साथै, हवाइमार्गबाट भन्दा स्थलमार्गबाटै सिलिन्डर ल्याउन सहज हुनेभ भएपछि सरकारले स्थलमार्गबाटै सिलिन्डर ल्याउने तयारी थालेको छ ।

काठमाडौं उपत्यकामा ३६६६ जनामा संक्र’मण !

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरो’ना सं’क्रमण पु’ष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरो’ना संक्र’मित भेटिएका हुन् ।

त्यस्तै नेपालमा आज ७४४८ जनालाई को\रोना संक्र’मण पु’ष्टि भएको छ भने ३७ जनाको ज्यान गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६६५८ जनाको पीसीआर परिक्षण भएको छ भने ५१८ जनाको एन्टीजेन परिक्षण भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७३८८ र एन्टीजेन बिधि बाट ७० जना गरि कुल ७४४८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।त्यस्तै गत बुधबार को’रोनाबाट मृ’त्यु भएका व्यक्तिको मलामी गएका म’होत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा को’रोना स’ङ्क्रमण देखिएपछि गाउँभरि त्रा’स फैलिएको छ ।

जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित ब’थनाहा गाउँमा एकैसाथ ३१ जनामा को’रोनाको सङ्क्र’मण देखिएपछि गाउँभरि नै त्रा’स फैलिएको स्थानीयवासीले बताएका छन् ।गत बुधबार स्थानीय ६६ वर्षीय एक वृ’द्धको को’रोनाबाट मृ’त्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा को’रोनाको सङ्क्र’मण देखिएको छ । म’लामीमा गएका ६०÷७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा को’रोना पोजेटिभ देखिएको हो ।

को’रोना सङ्क्र’मणबाट दुईको मृ’त्यु-जिल्लाको जलेश्वर नगरपालिकामा गएराति कोरो’ना सङ्क्र’मणबाट दुईको मृ’त्यु भएको छ । भारतबाट आवागमन खुल्ला रहेको अवस्थामा भारतमा आफ्ना ना’तेदार कहाँ बिहेमा सहभागी जलेश्वर नगरपालिका–२ बस्ने ५५ वर्षीय एक महिलाको

गएराति काठमाडौँमा उपचारका क्रममा मृ’त्यु भएको हो ।त्यस्तै जलेश्वर नगरपालिका–२ बस्ने अर्की एक महिलाको पनि धरानमा उपचारका क्रममा मृ’त्यु भएको छ । यसअघि महो’त्तरीको विभिन्न ठाउँमा कोरो’ना स’ङ्क्रमणबाट पाँच जनाको मृ’त्यु भइसकेको छ ।

२०७८ बैशाख २०, सोमबार १८:५० गते 1 Minute 1197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।