
काठमाडौँ : को’भिड–१९ महामा’री निय’न्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ ।
यद्यपि नेपाल र भारतबीच हवाई उडान हुनेछ । दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ब’न्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
मन्त्रिपरिषद्को गत आइतबार भएको बैठकले कोरोना रोकथा’मका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो । यस अवधिमा चा’र्टर्ड तथा उ’द्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ ।
क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैमा चा’र्टर्ड तथा उ’द्धार उडान हुने बताउनुभयो ।
भारत र नेपालबीच एयर बबल प्रणालीअनुसार सातामा बढीमा दुई उडान हुनेछन् । भारतबाट नेपाल आउने यात्रुले १० दिन क्वा’रेन्टिनमा बस्नु पर्नेछ । मन्त्रिपरिषद्ले हवाई उडा’नसम्बन्धी पाँच बुँदे निर्णय गरेको छ ।
स्वास्थ्य मापद’ण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारे’न्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईत’र्फी उडानहरु साताको दुईवटामा सीमित गर्ने निर्णय भएको छ ।
पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वा’रेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी को’भिड–१९ सङ्क’ट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन पेश गर्नुपर्नेछ । होटेल क्वा’रेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापद’ण्ड पालना नगरेको र क्वारे’न्टिनमा नबसेको पाइएमा सङ्क्रा’मक रोग
ऐन, २०२० बमोजिम मुक’र्रर अधिकारीसमक्ष कारवाहीका लागि लेखि’पठाउने मन्त्रिपरिषद्को निर्णय छ । त्यस्तै कुनै पनि उडानमा पिसिआर पो’जिटिभ भएका यात्रुलाई बोर्डिङ पास दिई यात्रा गराएमा उडानका सबै यात्रुको क्वा’रेन्टिन खर्च सम्बन्धित एयर’लाइन्सले बेहोर्ने व्यवस्था गरिनेछ ।
आन्तरिक र अन्त’र्राष्ट्रिय चार्टर्ड तथा उ’द्धार उडानका हकमा स्वास्थ्य सुरक्षा मापद’ण्डको पूर्ण पालना हुने गरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ । चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रु’हरुको बारकोड र
फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । को’भिड महामा’रीको जो’खिम निय’न्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषे’धाज्ञा लागू गरेको छ । रासस
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।