
काठमाडौँ : वैदेशिक रोजगार विभागले भोलिबाट अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनबाट मात्र श्रम स्वीकृति दिने निर्णय गरेको छ ।
विभाग माताहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु (अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रुपमा उपस्थित भै लिइने पून: श्रम स्वीकृति) स्थगन गर्ने निर्णय गरिएको विभागका
महानिर्देशक कृष्ण प्रसाद दवाडीले साझा सबाललाई जानकारी दिए । नेपाल सरकारले दोस्रो चरणको कोभि’ड-१९ को सँक्र’मणको व्यापकताको रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निणय गरिसकेको छ । सरकारले काठमाडौं उपत्यकामा वैशाख २९ गते सम्म
लकडाउन गरेका कारण यो समयावधीमा अतिआवश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिइसकेको छ । सो समयावधि सम्मका लागि विभाग माताहतका कार्यालयमा
भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु स्थगन गर्ने निर्णय गरिएको महानिर्देशक दवाडीले जानकारी दिए । विभागको निर्देशन अनुसार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय, ताहाचल कार्यालयबाट भौतिक रुपमा उपस्थित भै लिइने
सेवाहरु (अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रुपमा उपस्थित भै लिइने पून: श्रम स्वीकृति) वैशाख २४ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जनाइको छ ।
ताहाचल कार्यालयले एक सूचना जारी गर्दै भौतिक रुपमा उपस्थित बाहेक अनलाइन मार्फत पूनः श्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्ने जस्ता कार्यहरु सीमित सेवा प्रवाहका रुपमा निरन्तरता दिने व्यबस्था मिलाएको जनाएको छ ।
अनलाइन सेवावारे थप जानकारीका लागि शाखा अधिकृत सालिकराम फुयाल (९८४१६२७७८३) शाखा अधिकृत श्माधवराव पाण्डे (९८४१३१०३२३) कम्प्युटर ईन्जिनियर अर्जुन यादव (९८४११४९३८०) लाई सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ । -साझा सबाल
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।