२०७९ असार १४ मंगलवार

वडा अध्यक्ष हुन त उहाँ जस्तो ! आफैनै एम्बुलेन्स चालक बनेर सेवा दिदै ।

रौतहट : देशैभर को’रोना भाइर’सको दो’स्रो लहरको महामा’री चलिरहँदा जनप्रतिनिधिहरुको भूमिकामा जनताले प्रश्न गरिरहेका छन् । महामा’रीको बेला जनतालाई साथ दिनुपर्ने

जनप्रतिनिधिहरु आफ्नो दायि’त्वबाट पन्छिरहेको आ’रोप उनीहरुमाथि लाग्ने गरेको छ । तर रौतहटका एक जनप्रतिनिधिले भने आफै एम्बुलेन्स चलाएर को’रोना भाइ’रसको आशंका भएकाहरुलाई स्वाव संकलन गर्न लगेका छन् ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुत्तबहादुर थिंङ्गले आफ्नो वडाका कन्ट्या’क ट्रेसि’ङ्गमा परेका, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाहरुलाई एम्बुलेन्समा हालेर आफैले सो एम्बुलेन्स चालएर सोही वडाको सहिद स्मृति पार्कमा स्वाव संकलन गर्न लगेका हुन् ।

स्वास्थ्य चौकी जुडिबेलाको एम्बुलेन्स चालक बि’रामी भएपछि स्वाव संकलनमा जान स्थानीयलाई समस्या आएको थियो ।
संक्र’मणको आशंका भएकाहरु चढाएर लानुपर्ने भएकाले

कोही पनि एम्बुलेन्स चलाउन तयार नभएपछि वडाअध्यक्ष थिंङ्ग आफै एम्बुलेन्स चालक बनेका छन् । उनले वडा भरिका करिब २५ जनालाई ६–७ पटक गरेर एम्बुलेन्समा हालेर स्वाव संकलन स्थानमा पु¥याएका थिए ।

एम्बुलेन्सको चालक नभएर स्वाव संकलन गर्नुपर्ने स्थानीयहरुलाई स्वाव संकलन स्थानसम्म जान गाह्रो भएपछि जनप्रतिनिधि र मानवताको नाताले आफै अगाडि आएर एम्बुलेन्स चलाएर स्वाव संकलनको लागि लगेको उनले बताए ।

‘जनतालाई दुःख परेको बेला जनताबाट टाढा कसरी रहनसक्छुँ’ उनले भने, ‘ जनताप्रतिको उतरदायित्व निर्वाह गर्नलाई आफ्नो स्वास्थ्यको पनि प्रवाह नगरी नागरिक सेवामा लागेको हुँ ।’

समयमै स्वा’व संकलन गरेर परीक्षण नगरे वडाभरि संक्रमण फैलने डर रहेको र स्थानीयको स्वास्थ्यमा पनि असर गर्ने भएकाले आफूले स्वाव सं’कलनको लागि स्थानीयलाई स’हजीकरण गरेको उनको भनाइ छ ।

सो नगरपालिकामा दैनिक रुपमा स्वाव संकलन नहुने भएकाले तोकिएको दिन स्वाव संकलनको लागि नगए अर्को दिन कहिले संकलन हुन्छ भन्ने थाहै हुँदैन । त्यसैले स्वाव संकलनको लागि तोकिएको दिनमा जानैपर्ने वाध्य’ता रहेको छ ।

को’रोना क’हरको बेला जनप्रतिनिधिहरु आफ्नो दायित्वबाट पन्छिरहेको अवस्थामा वडाअध्यक्ष थिंङ्गले आफूपनि संक्रमित हुने सम्भावित ख’तरालाई पनि नजरअन्दा’ज गरेर जनताप्रति देखाएको उत्तर’दायित्व निकै प्रशंसा गर्न लायक रहेको स्थानीय राजेन्द्र आर्चायको भनाइ छ ।

केही दिन अघि सोही वार्डका एक ३८ वर्षिय पुरुषको को’रोना सं’क्रमणको कारण हेटौडा अस्पतालमा उप’चार हुँदाहुँदै मृ’ त्यु भएको थियो । गाउँमा अन्य धेरैलाई ज्वो’रो आइरहेकाले समयमै व्यापक परी’क्षण गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

२०७८ बैशाख २५, शनिबार २०:५१ गते 1 Minute 653 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।