
काठमाडौं : नेकपा (एमाले)को खनाल–नेपाल समूहकी सांसद गंगा चौधरी (सत्गौवा)ले नेताहरुको पदको स्वा’र्थका लागि आफूले राजीनामा नदिने बताएकी छन् ।
उक्त समूहले सामूहिक रा’जीनामा दिनेबारे छलफल गरिरहेका बेला दाङकी समानुपातिक सांसद चौधरीले भने आफू पार्टी एकताको पक्षमा रहेको बताइन् । “सबै मिलेर पार्टी एकता जोगाउनुपर्छ ।
पार्टी विभाजन गर्न मिल्दैन । हामीले कदापि राजीनामा दिनु हुँदैन । म राजीनामा दिन्नँ पनि । पार्टी एकताको पक्षमा छु । पहिले पनि नेकपाको एकताको पक्षमा थिएँ,” उनले भनिन् ।पदमा कुरा नमिलेर पार्टी नै विभाजन गर्न नहुने उनको भनाइ छ ।
नेताहरुको कुरा नमिल्दा आफूहरु सती नजाने उनले बताइन् ।
“पद पाउनका लागि होडबाजी हैन । पद त्यागेर भए पनि पार्टी जोगाउनुप¥यो ।
राजीनामा दिएर आफ्नै पार्टीको सरकारलाई अ”फ्ठ्यारोमा पार्ने, त्यहाँभन्दा ठूलो अ”पराध हुन सक्दैन । पार्टीमा कुनै नेताको कुरा नमिल्दा हामी सती जान सक्नदैनौँ,” उनले भनिन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।