
काठमाडौं : सगरमाथाको चुचुरोमा पाइला टेकेर ‘सगरमाथामा पाइला राख्ने पहिलो नेपाली दृष्टिविहीन बन्ने अभियानका साथ आरोहणमा गएका अमिट केसीले ६
हजार मिटरको सफल आरोहण गरेका छन् ।विश्वकै दोस्रो र नेपालकै पहिलो दृष्टिविहीन व्यक्तिका रुपमा विश्वको शिर सगरमाथामा झण्डा फहराउन भन्दै अमिट आरोहणका लागि गएका थिए । तर सगरमाथा क्षेत्रमा फैलिएको कोभिड-
१९ संक्रमणका कारण आरोहण हाललाई स्थगित गरि ६ हजार एकसय १९ मिटरबाट फिर्ता भएको बताएका छन् । आरोहणको ११ औं दिन लुभुचे पीकको सफलतापूर्वक आरोहण गरेर फर्किएको उनले बताए । पाँच जनाको टोलीसहित १६ दिनको यात्रा
सकेर उनी काठमाडौं फर्किसकेका छन् । उनले आगामी दिनमा अवस्था सहज भएपछि चुचुरोमा पुगेर राष्ट्रिय झन्डा फहराउने प्रतिवद्धता जनाए ।
पहिलो दृष्टिविहीन आरोही अमेरिकी नागरिक एरीकपछि अमिट विश्वकै दोस्रो’ बनेर देशको नाम राख्नअठोटका साथ ८ हजार ८ सय ४८ मिटरको चुचुरोमा चुम्न गएका अमिटको
टोली स्थिति असहज भएपछि फिर्ता भएको छ । यसअघि सगरमाथाको आठ हजार मिटर चढिसकेका बाग्लुङको जैमिनी नगरपालिका–४ का अमिटले अघिल्लो पटक आधार शिविरको साउथ कोलमा पुगेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।