२०७९ मंसिर १६ शुक्रबार

किर्तिमानी कुशल भुर्तेल भन्छन् : ‘मेरै पालामा नेपाललाई टेस्ट र बिश्वकप खेलाउछु’ ।( भिडियो सहित )

काठमाडौं : नेपाली स्टार क्रिकेटर कुशल भुर्तेलले अहिले निकै चर्चामा छन् । उनि लगातार देश बिदेशका मिडियामा समचार बनिरहेका छन् ।

केहिदिन अगाडि आईसिसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा परेपछि उनको थप चर्चा भईरहेको छ । अब कुशल एक टेलिभिजनमा दिएको अन्तर्वार्ताको कारण चर्चामा छन् ।

अन्तर्वार्तामा कुशलले नेपाललाई आफ्नै पालामा टेस्ट राष्ट्र बनाउने बताएका छन् । अबको ८–१० वर्षभित्रमा नेपाल टेष्ट नेशन हुन सक्छ जसका लागि खेलाडी र क्यानले विषेश भूमिका खेल्नुपर्ने कुशको तर्क छ। ‘हामी कुनै दिन टेष्ट खेल्न सक्छौँ भन्नेमा म पूर्ण विश्वस्त छु

कुशलले भने,‘हाम्रो टिममा युनिटी छ। युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन्। सबैलाई अहिलेदेखि कसरी टेष्ट खेल्ने भनेर तयारी गरिरहेका छौँ। जसका लागि के सीप विकास गर्नुपर्छ, कति म्याच खल्नुपर्छ अहिलेदेखि हामीहरु योजना गर्दैछौँ।’

साथै उनले नेपालबाट बिश्वकप खेल्ने इच्छा भएको समेथ बताए । ‘दर्शकको यो माया र भरोसा कहिल्यै गुम्न दिने छैन ।’ आफ्नो तर्फबाट राम्रो गरेर देशको नाममा विश्वकप खेल्ने इच्छा छ कुशलको । उनी भन्छन्, ‘आफ्नो बेस्ट दिएर नेपालको तर्फबाट विश्वकप खेल्न चाहन्छु ।’

त्यस्तै ‘आईसिसी प्लेयर अफ द मन्थ’ मा बावर आजम र फखर जमानसँग भिड्न पाउँदा खुसि लागेको बताएका छन् । अन्तर्वार्तामा कुशलले आफ्नो आईडल प्लेयरहरुसँग भिड्न पाउँ खुसि लागेको बताएका हुन् । “बावर र फखरलाई म निकै फलो गर्थे उनिहरुको खेल हेरेरै केहि कुरा सिक्थे जसको म

खेल हेर्थे उनिहरुसँगै एउटै लिस्टमा आफुलाई देख्दा खुसि लागेको छ । यो मेरो लागि सपना जस्तै हो” किर्तिमानी कुशलले भने त्यस्तै आफुले पहिले देखि नै कहिले आफु बिश्वसामु चर्चित हुन्छु भन्दै कुरेको बताएका छन् । कुशलले भने : ‘भर्खरै मेरो क्रिकेट केरियर सुरु भएको छ अगामी दिनमा अझै मेहनत गर्नेछु,

यस्तो किर्तिमानको अवसरहरु आईरहन्छन् । कुशलले अघिल्लो साता नेपालको टी२० आई टोलीबाट डेब्यू गर्दै विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए। उनले डेब्यूसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गरेका थिए। कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्र’हार गर्ने पहिलो टि२० आई खेलाडीसमेत हुन्।

कुशलले नेदरल्यान्ड्सको खेलमा डेब्यू गर्दै ६२ रन बनाएका थिए। दोस्रो खेलमा मलेसियावि’रुद्ध ६१ रन बनाएका थिए। तेस्रो खेलमा नेदरल्यान्ड्सँग कुशलले ६२ रन बनाउँदै लगातार तेस्रो अर्धशतक प्रहार गरेका थिए। चौथो खेलमा मलेसियासँग १६ र फाइनलमा उनले नेदरल्यान्ड्ससँग ७७ रन बनाएका थिए।

यता, पाकिस्तानका कप्तान आजमले दक्षिण अफ्रिकासँगको ओडिआई र टी२० आई सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए। दक्षिण अफ्रिकासँग अप्रिल २ मा पहिलो ओडिआई खेलमा उनले १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए। ताजा खबर टिभि

२०७८ बैशाख २७, सोमबार ०५:५३ गते 1 Minute 555 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।