२०७९ जेष्ठ ४ बुधबार

गर्मीमा पुदिना खानुका यतिधेरै फाईदा, जानी राखौँ ।

गर्मीको मौसम छ, थोरै मात्र खानपीनमा लापरबाही भए अनेक रोगको सिकार भईने डर । यस्तो समयमा घरमा पाईने घरेलु खजनाहरुले तपाई स्वस्थ रहन सक्नुहुन्छ ।

जस मध्ये आज हामी पुदिनाको फाईदाको बारेमा बताउन गईरहेका छौँ । आयुर्वेदमा पुदिनलाई रामवाण नै मानिन्छ । तपाई हाम्रो घरमा नै पाईने पुदिनालाई कतिपयले पतेनाको नामले पनि चिन्ने गरेका छन् । पुदिनाको फाईदाको बारेमा आज हामी जानकारी दिन्छौँ ।

– सुकेको वा हरियो पुदिनालाई दही वा काँचो आँपको रससँग मिलाएर पिउने गर्नाले पेटमा हुने जलनबाट मुक्ति पाईन्छ । यसले तातो हावाबाट हुने लू बाट पनि बचाउँछ ।

– गर्मीको मौसमाम पुदिनाको अचार दैनिक रुपमा सेवन गर्नाले निकै फाईदा हुन्छ । पुदिनलाई मरिच, हिंग, जिरासँग मिसाएर पिसेको अचारले पेटमा देखिने कयौँ समस्याबाट छुटकारा पाईन्छ । यस्तो अचारले भोक जगाउने अर्थात खाना रुचाउने काम गर्दछ ।

– यदि तपाई लगातार बाडुल्की लागेर हैरान हुनुहुन्छ भने त्यस समय पुदिनाको पातमा चिनी मिसाएर विस्तारै चपाउनुहोस् । यसो गर्नाले केही समयमा तपाईको बाडुल्की हराउँछ ।

– पुदिनाको नियमित रुपमा सेवन गर्नाले जण्डिस जस्ता रोगबाट बच्न सकिन्छ । त्यस्तै पिसाबमा हुने संक्रमणबाट बच्न पनि पुदिना सेवन लाभदायक मानिन्छ ।

२०७८ बैशाख २७, सोमबार ०९:४९ गते 0 Minutes 677 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।