
काठमाडौ : संचार कर्मी रवी लामीछानेले हिजो मात्रै फेसबुक मार्फत जनमैत्री अस्पताल स्थापनाको घोषणा गर्नुभएको थियो भने अस्ती त्यही जनमैत्री अस्पता’लबाट सेवा सुरु गर्न लागि रहनुभएको छ।
उहाँ र शहरी विकास मन्त्री महावीर मानन्धरले सयुँक्त रुपमा उक्त अस्पतालको अवलोकन गरिएको छ। अस्पतालको क्षमता लगभग एक सय बीस जनालाई एकैपटकमा सेवा दिन सक्ने रहेको भएतापनी तत्काल सिलि’न्डर र अन्य अत्यावश्यक
सामाग्री अभावका कारण सो संख्यामा सेवा दिन सकिनरहेको जानकारी रवीले गराउनुभयो। यद्यपि सरकारबाट सय भन्दा बढी बेड क्षमता भएको अस्पताललाई निशुल्क सिलिन्डर वितरण गर्ने कार्यक्रम रहेको पनि जानकारी गराउनुभयो। अहिले आवश्यक रहेको सिलि’न्डर लगायत अन्य अत्यावश्यक सामाग्रीको जोहो
गर्नको लागि मिटिङ्ग समेत रहेको र त्यस विषयमा छलफल गरिने उहाँले बताउनुभयो। तत्काल करिब २०० ओटा सिलिन्डर आवश्यक पर्ने र गृह मन्त्रालय अन्तर्गत रहेको सरकारको सहयोग कार्यक्रम भएकोले समन्वय गर्ने पनि उहाँले बताउनुभयो।
यो महामा’रीमा आर्थिक अभावकै कारण कसैले पनि ज्या’न गु’मा’उनु नपरोस् भनी उनीहरूकै लागि देशकै सस्तो,सरकारले तोकेको भन्दा न्यून शुल्कमा र आर्थिक रुपमा विपन्नले त झन् एक रुपैयाँ पनि ति’र्न नपर्ने खालको अहिलेको को\भिड महामा’रीलाई लक्षित गरेर उहाँले अस्पताल स्थापनाको घोषणा गर्नुभएको हो।
यस जनमैत्री अस्पतालमा एक सयभन्दा बढी बेड छन्,बाह्र ओटा आइसियू बेड छन् र सात ओटा भेण्टिलेटर रहेका छन्।काठमाडौको बालाजु स्थित यो अस्पताललाई मुलुककै सबैभन्दा सुलभ अस्पताल बनाउने अठोट समेत लिइएको छ। यो अस्पताल ग’रीब,नि’मु’खा र वि’प’न्न जनताको अस्पताल हो।
आर्थिक स्थिति क’म’जो’र भएकाले सकेको मात्रै तिर्दा हुन्छ भने आर्थिक स्थिति क’म’जो’र हुनेले नतिर्दा पनि हुन्छ उहाँहरूको पैसा अस्पताल व्यवस्थापनले नै तिरिदिन्छ।
साथै भर्खरै रवीले फेसबुकमा एउटा जानकारी गराउदै भनेका छन्..
अपडेट: जनमैत्री अस्पतालमा अहिले ३० जना बिरा’मी भर्ना भइ उपचाररत हुनु हुन्छ,३ जना ICU मा हुनुहुन्छ, इमर्जेन्सीमा दिन भर बिरा’मीको चाप रह्यो, ९८% बिरामीमा अ’क्सिजन प्रयोग भएको छ भने १५ जना लाई त हाई फ्लोमा अक्सिजन दिनु परेको स्थिति छ।
अक्सि’जन तथा अक्सिजन सिलिन्डरको हाहाकार भएको छ। चोक चोक, गल्ली गल्ली पुगेर सिलिन्डर जुटाउने काममा हामीपनि लागिपरेका छौ। सर्वसाधारण नागरिकका हैसियतले हामी सरकारलाई सघाउन चहान्छौ। अस्पतालहरुले हात उठाएसके,जति आक्रोश पोखेपनि आशा सरकार कै हो जुन अझै मरेको छैन। सदनमा विश्वास गुमाएपनि जनताको मनमा विश्वास नगुमाउ सरकार। मान्छे बचाउ,स्थिति भ’यावह देखिन्छ।
नोट: यो साताभर चल्ने “कामका कुरा” कार्यक्रमको परिक्षण प्रस्तुतिमा म सहभागी हुन केही दिन पाउने छैन। परिक्षण चाहिँ निरन्तर छ,प्राविधिक टोलीले Backend मा काम गर्दैछ। अहिले लाई अक्सिजन भन्दा ठूलो केही देखिन। सकेको गर्दैछौ, गर्छौ। धन्यवाद !
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।