२०७८ माघ १४ शुक्रबार

रामकुमारी झाँक्री भन्नुहुन्छ – प्रधानमन्त्री र राष्ट्रपति नसच्चिए देश निकाला गर्नुपर्छ…हेर्नुहोस् ।

काठमाडौ : प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध क’डा अभिव्यक्ति दिँदै आएकी नेकपा दाहाल-नेपाल समूहकी युवानेतृ रामकुमारी झाँक्रीले सर्वोच्च

अदालतका न्यायाधीशहरुलाई पनि चे’तावनी दिएकी छिन् ।
मंगलबार सिन्धुलीमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद् पुनःस्थापनाको पक्षमा फै’सला नगरे स’र्वोच्च अ’दालतबाट न्यायाधीशहरूलाई जनताले थु’तेर सडकमा ल्याउने चेता’वनी दिइन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा घ्याङलेख गाउँपालिका कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेकपाकी केन्द्रीय सदस्य झाँक्रीले यस्तो चेता’वनी दिएकी हुन्। उनले जनताले पूर्वराजा ज्ञानेन्द्रलाई हटाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई त्योभन्दा पनि कडा स’जाय दिनुपर्ने बताइन् ।

प्रधानमन्त्रीलाई सजायस्वरूप ‘राजनीतिक मृ’त्युदण्ड’ दिनुपर्ने उनको तर्क थियो । संसद पुनःस्थापना गरेर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारी नसच्चिए उनीहरु दुवैलाई देश निकाला गर्नुपर्ने झाँक्रीको भनाइ छ ।

उक्त कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, नेकपा केन्द्रीय सदस्य कमलजंग राई, राजन दाहाललगायतले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै वि’रोध गरेका थिए।

२०७७ माघ २१, बुधबार १०:५५ गते 1 Minute 1004 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार