२०७९ श्रावण २७ शुक्रबार

दुबई पुगेका चार युवा अल-पत्र !

दमक : एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अल’पत्र परेका छन् ।

स्थानीय दलालमार्फत गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर, निरज मगर, सुमन सुवेदी र हरि खड्का अ’लपत्र बन्न पुगेका हुन् ।

काम नपाएपछि त्यहाँ खान र बस्न नै समस्या भएको पीडित युवाको भनाइ छ । ती सबै युवालाई झापा, गौरादह–१ का विक्रम राई र लालबहादुर गजमेरले दुबईको चकलेट फ्या’क्ट्रीमा काम दिने भन्दै जनही रु एक लाख ७० हजार असुलेर भ्रमण प्रवे’शाज्ञामा विदेश पठाएका थिए ।

भनेअनुसार काम पाउन नसक्दा भोकै बस्नुपर्ने अवस्था आएको पी’डित युवा निरज मगरले बताउनुभयो । सामाजिक सञ्जालमा आफ्ना पीडा राख्नुहुँदै पी’डित युवा निरजले जति छिटो उद्धा’र गरिदिन आग्रह गर्नुभएको छ ।

“यहाँ हामी एकै ठाउँमा को’चिएर भोकै बस्नु परेको छ”, उहाँले भन्नुभयो, “विदेशको सपना देखाएर हामीलाई यहाँ बिजोग बनाए, हामीलाई जतिसक्दो छिटो घर पठाउने व्यवस्था गरिदिनुप’र्यो ।” विदेश पठाउने प्रतिनिधिलाई भने पनि आलटाल गरिआएको सुमनकी आमा सविता सुवेदीले बताउनुभयो ।

उहाँले विदेशमा गएर मासिक कम्तीमा रु एक हजार ड्रा’म्स पाउने भनेर विदेश पठाएका हुन् । अहिले विदेश पठाउने दलालमध्येका विक्रम राईले भने अनुसार काम दिलाउन नसकिएको तर अ’न्यत्र काम गर्न नमानेका कारण समस्या आएको बताउनुहुन्छ । -रारस

२०७८ बैशाख ३०, बिहीबार १८:३४ गते 1 Minute 523 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।