
काठमाडौ : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’का लागि तयार भएको छ । विमानस्थलको टावर, लगायतका क्षेत्रमा आवश्यक सबै
विद्युतीय उपकरण जडान गर्ने काम चैत दोस्रो सातामै सम्पन्न भइसकेको हो । जहाज नै उडान र अवतरण गरेर ‘क्यालिब्रेसन फ्लाइट’ गरिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आईसीबी–टुका प्रमुख प्रवीण न्यौपानेले बताए ।
‘क्यालिब्रेसन फ्लाइट’ भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै उडानसम्बन्धी अन्य कार्य निर्देशन गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणको परीक्षण हो ।
यसअघि नै परीक्षण गर्ने तयारी गरिएको भए पनि कोरोना महामारीका कारण प्रभावित भएको प्रमुख न्यौपानेले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।