
के तपाईं गण’तन्त्रवादी हुनुहुन्छ ? हुनुहुन्छ भने भइ रहनुस तपाईं राजतन्त्रवादी भइ रहन जरुरी छैन कोही रा’जावादी बाट गणतन्त्र’वादी बन्ने इच्छा हुने गणत’न्त्रवादी बन्न जानोस केहि फरक पर्दैन।
यो मुलुकमा राजाले चार चार पटक प्रधानमन्त्री बनाएको लोकेन्द्र बहादुर चन्द जस्तो त गणतन्त्रको फुली भिरेर ठमक ठमक हिँड्दै छ भने तपाईं गणतन्त्र’वादी बन्दा के आपत्ति हुनसक्छ बन्नुस।
म राजतन्त्र र गणतन्त्रको पक्षमा कहिल्यै दोहोरो बहस गर्दिनँ। किनभने यो बहस भनेको भूक’म्प मन पर्छ की पर्दैन राम्रो की नराम्रो भनेर बहस गरेको जस्तो लाग्छ। राम्रो भन्नेले न त बोलाएर ल्याउन सक्छ अनि नराम्रो भन्नेले न त आएको बेला रोक्न सक्छ त्यस्तै हो राजतन्त्रको हकमा पनि !
म राजाको आवश्यकतावादी किन ?
केहि महीना अगाडिको कुरा हो पाकि’स्तानको प्रधानमन्त्री अमेरिका घुम्न गएको थियो एअरपोर्टमा बस्ने सुर’क्षागार्डले चेकिङको दौरान तिनको पुरै कपडा खोल्न लगाएर नां गै बनाएर चेक जाँच गरेको थियो !
यो तस्वीर सामाजिक संजालमा भाइ’रल भएपछि पाकिस्तानीहरु हाम्रो अपमान भयो देशकै बेइज्जत भयो भन्दै केही समय उफ्रे उता अमेरिकाको रौं पनि हल्लेन। हाम्रै पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई चीन भ्रमणमा जाँदा ३ घण्टा एअ’रपोर्टमा रोकेर चेक जाँच गरेर पठाए यो अपमान नेपालको हो ।
बाबुरामको होइन जे भए पनि ऊनी गणत’न्त्र नेपालको जननिर्वाचित प्रधानमन्त्री हुन तर चीन सरकारले उनको हैसियत अनुसारको व्यबहार गरेको थियो हैसि’यत यही थियो र हो। पुर्व प्रधानमन्त्री प्रचण्ड त अस्ट्रेलिया जाने अन्तिम तयारीमा रहँदा भ्रमण नै क्या’न्सिल गर्न प¥र्यो कारण थियो अष्ट्रेलियामा प्रचण्ड पुग्न साथ एअरपोर्ट बाट भन्ने गोप्य खबर आएपछि
भ्रमण नै क्यान्सि’ल गर्न पर्यो उता अमेरिकामा भने विभिन्न कुटनि’तिक पहल गरेर जान अगाडि अमेरिकि सरकारले पक्राउ नगर्ने भनेर लिखित परि’पत्र जारी गरेपछिमात्रै प्रचण्ड श्रीमती लिएर उपचारमा अमेरिका गएको थियो हैसि’यत यस्तो छ नेपालको पुर्वक्रा’न्तिकारी गणतन्त्रवादी प्रधानमन्त्रीहरुको यस्तो अवस्थाको राजनेता भएको देशले बिश्व बि’रदारीमा कसरी नेपालको कुटनी’तिक डिल गर्ला ? सहजै अनुमान लगाउन सक्छौं !
पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल त एउटा कोरियाली इसाईको (आइ एन जि ओ) जसको प्रमुख संस्थापक नै अप’राधीक मामिलामा जे’ल परेका थिए तिनका संस्था बाट २० वर्षमा २५ पटक बिदेश भ्रमण गरेको रहेछ ! त्यति मात्रै होइन त्यही संस्थाको पत्र बोक्दै नेपालको बिदेश मन्त्री निम्तो बाँड्दै हिंडे भने नेपाल सरकारले राजकीय समा’रोहको आयोजना गरेर छिट्टै नेपाल प्रभुको राज्य हुने छ भनेर प्रमुख अतिथिले घो’षणा गर्दै समारोहको समापन गरिन ।
अब भन्नुस् दुई छिमेकी मुलुकमा अलग्गै धर्म संस्कृति मान्ने मुलुकको बिचमा छिटै प्रभुको राज्य स्थापना गर्ने घो’षणाले यी दुई देश झसङ्ग भयो की भएन होला ? केहि वर्ष अगाडि बर्मेली ने’तृ आङ्सा’ङ सुकी काठमाडौ आएकी थिइन् तिनलाई भेट्न भनेर नेपालका पुर्व प्रधानमन्त्री हरुको होटलमा पालो कुरेर लाइन लागेको दृश्य पत्रपत्रिकामा छापेको थियो यस्तो ला’जमर्दो दृश्य नेपाल बाहेक अन्यत्र साहेतै देख्न सकिन्छ !
एउटा अमेरिकी राजदूत एमालेको पार्टी कार्यलय बल्खुमा घुम्न आउँदा पार्टी कार्यलयमा सजाएर राखेको कार्ल मा’र्क्स एंगेल्स लेनिन स्टालिनको तस्वीर हतारहतार लुकाएको घटना त सबैलाई थाहै भएको कुरा हुन भने एकपटक २०६५ सालमा माओवादी भा’तृ संस्था (वाइ सि यल) ले उपत्यका ब’न्द घो’षणा गरेको थियो एकाएक राति बन्द स्थगन ग¥र्यो त्यसको पछी कारण बुझ्दै
जाँदा तत्कालीन जर्मनी राजदूतको आमा त्यही दिन जर्मन बाट नेपाल घुम्न आउँदै रहेछ एअरपोर्टमा समस्या पर्छ त्यो दिनको बन्द सारी देउ भनेर राजदूतले आग्रह गरेपछि बन्द फि’र्ता लिएको थियो। अस्ति भर्खरै चीनिया राष्ट्रपति सी जिन्पिङ नेपाल भ्रमणमा आउँदा नेपालको पुर्व प्रधानमन्त्री हरुलाई एकल भेट|घाटको व्यवस्था गरेको थियो, चीनिया राष्ट्रपतिले नेपालको प्रधानमन्त्री हरुलाई जम्मा ५-५मिनेट उभि उभि भेट दिएको थियो यहीँबाट बुझौं हाम्रो स्थान कहाँनेर छ भनेर !
यही हो हाम्रो औकात ! चाहे तपाईं महान गणतन्त्रवादी व्यवस्था भन वा यो व्यवस्थाको नेतालाई क्रान्ति’कारी अ’ग्रगामी छलाङ्वादी युग द्र’ष्टा त्रि’का’लदर्शी जेसुकै बिल्ला भिराउ आखिर ऊनी नेपाली नेता नै हुन् उनको औकात भनेको महाशक्ति अमेरिका चीन रसीया भारतको अगाडि त्यति नै हो जति अहिले बिदेशीले व्यबहार गर्दै छ।
हाम्रो सिद्धान्त हाम्रो दर्शन हाम्रो बिपी वाद भण्डारी वाद प्रचण्ड पथ हेरेर बिश्वको महाशक्तिले आफ्नो तेवर परिवर्तन गर्दैन वल्की हाम्रो कुसल अकुसल कुटनितीले उनको तेवर परिवर्तन गर्छ।
कुट’नितिक सम्वादमा बस्नेको भासा महत्त्वपूर्ण हुन्छ तपाई र मेरो सम्वादमा तपाईंको हैसियत म’हत्त्वपूर्ण हुन्छ यदि मैले फू. गर्दा तपाईं ढल्नु हुन्छ भने र मैले फू. गर्दा पनि हत्त’पत्त नढल्ने ओजनको हुनुहुन्छ भने तपाई र मेरो दोहोरो लेनदेन सम्वादमा त्यसको प्र’भाव पर्छ, ठिक त्यस्तै अन्तर्रा’ष्ट्रिय कुटनितिमा यही नियम लागु हुन्छ
अहिले किन बिदेशीहरुले भाउ दिइरहेका छैनन् नेताहरूलाई भने फू. गर्दा ढल्ने नेता छ पार्टीको हैसि’यत छ एउटा राजदूत सोझै चप्पल लगाएर राष्ट्रपति प्रधानमन्त्रीको चोटा कोठा चहार्दै हिंड्छ भने यस्ता नेता र परिपाटीले नेपालमा कुटनितिक राजनीतिक व्यवस्थापन सन्तुलन कसरी गर्न सक्छ ?
त्यसैले क’ट्टर प्रजा’तन्त्रवादी बिपी कोइराला होस् वा कट्टर कम्यु’निस्ट मदन भण्डारी देखि मनमोहन अधिकारी सम्म नै किन नहोस् चाहेर वा न चाहेर राजदरबारको आवश्यकता देख्नुको प्रमुख कारण यही थियो जुन अस्थायी जनप्रतिनिधि(चुनावी) भन्दा माथि उठेको सबैको साझा स्थायी शक्ति देशमा रहोस्।
बेलायतको राजसंस्था एउटा प्रशासनिक स्थायी संस्था मात्रै होइन सम्पुर्ण बेलायतीलाई भावनात्मक रूपमा जोड्ने संस्था पनि हुन्, बेलायतको राजनीतिक भूगोल भन्दा बाहिर अष्ट्रेलिया देखि न्युजिल्यान्ड सम्मको नागरिकको पनि महारानी हुन् ।
तर बेलायत गण’तन्त्र भएको भए के त्यहाँको कुनै प्रधानमन्त्री वा राष्ट्रपति सबैको साझा हुन सक्थ्यो होला ? बिल्कुल असम्भव ! २०५६ सालतिर होला सार्क फुटबल खेलको आयोजना भएको थियो फूटबल खेलमा भारतले जित्यो भारतिय खेलाडी सबैले युवराज दिपेन्द्र संग हात मिलाउँदै जाँदा भाईचुंग भुटियाले भने युवराज दिपेन्द्र संग हात मिलाउन अफ्ट्या’रो मान्दै नमस्कार गरे ! किनकि ऊनी भारतिय त हुन तर नेपाली मुलको भारतिय थिए भने दिपेन्द्र नेपाली युवराज थिए।
नेपाल र म्यानमार (बर्मा)वीच सन् १९६० मार्च १९ देखि औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको केही वर्षमा राजा महेन्द्रको भ्रमण म्यानमारमा भएको थियो, आफ्नो राजाको दर्शन गर्न भन्दै बर्मेली नेपालीहरु उर्लेर आए तिनीहरु लाई राजा महेन्द्रले पू्र्खा’उली देशमा फर्किने भए जग्गा जमीन दिने भनेर आश्वासन दिए त्यसमध्ये केहि फर्केर आए जति आए तिनीहरु लाई प्रति परिवार दुई दुई बिघा जमीन दिएर २०२२ सालमा पुनर्स्था’पित गरे।
राजसंस्थालाई आधुनिक किताबी ज्ञानको तराजुमा तौलेर मात्रै हेर्ने होइन नेपालको हजारौं वर्षको ऐतिहासिक साँस्कृ’तिक धरोहरको जग बाट हेर्नुपर्ने हुन्छ। यसले नेपालको नेपाली मात्रै होइन बिश्व भरि छरिएर रहेकोे करोडौं नेपाली बिचमा आस्थाको
साझा चौतारी पनि बन्न सक्छ जुन कुरा ५-५ बर्षमा दलिय भागबन्डामा परेर फुत्त बन्ने राष्ट्रप्रमुख बाट यस्तो सम्भावना थिएन छैन र भएन भन्ने त स्वयम् गणतन्त्र’वादी प्रचण्डलाई नै परि सकेको छ भने अरुको त के कुरा ? त्यसैले म नेपालमा सबैको साझा मेरु’दण्डको रूपमा राजसंस्थाको आव’श्यकतावादी भएको हुँ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।