२०७९ असार १४ मंगलवार

खाडी मुलुकबाट नेपाली श्रमिकले पठाए ५ सय ६० थान अक्सिजन सिलिन्डर ।

काठमाडौं : वैदेशिक रोजगारका लागि खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले ५ सय ६० थान अ’क्सिजन सिलिन्डर नेपाल पठाएका छन्।

पछिल्लो समय कोरोना सं’क्रमितको अवस्था भ’यावह र अक्सि’जन अभाव भएसँगै खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुले नेपाल सरकारलाई शनिबार ५ सय ६० अक्सिजन सिलिन्डर पठाएका हुन् ।

खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली श्रमिकहरुले व्यक्ति’गत रुपमा रकम संकलन गरेर नेपाल सरकारलाई अ’क्सिजन सिलिन्डर पठाएका छन्। ओमन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार त्यहाँको

स्थानीय समय अनुसार दिउँसो साढे दुई बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपालमा अक्सिजन सिलिन्डर पठाएका छन् ।

नेपाल एयरलाइन्सको वाइड बडीमार्फत अ’क्सिजन सिलिन्डर नेपाल पठाइएको छ ।राजदूत पराजुलीले यस्तो कोरोना कहरको घडीमा नेपाली श्रमिकले सहयोग गरेको भन्दै खुसी व्यक्त गरेकी छन्।

साथै, खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली श्रमिकलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गरिन् । शनिबार पठाइएको ५ सय ६० थान अक्सि’जन सिलिन्डर आजै नेपाल एयरपोर्ट आइपुग्ने र भोलि नेपाल सरकारलाई हस्ता’न्तरण गर्ने कार्यक्रम रहेको छ ।

२०७८ जेष्ठ १, शनिबार १९:०५ गते 1 Minute 266 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।